नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा पाण्डे

विदुर खबर २०७९ जेठ २९ गते ९:१५

नुवाकोट । नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा द्धारिका पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

नेपाल शिक्षक संघ नुवाकोटको ९ औ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा मञ्जु प्रधान र कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् ।

सचिवमा नवराज लामिछाने र रामप्रसाद रिमाल चयन भएका छन् । त्यस्तै सह–सचिवमा सुरेन्द्र मुडवरी, तुलसा प्याकुरेल, चोकमाया गुरुङ, सितालाल तामाङ र सेतिमाया तामाङ निर्वाचित भएका छन् ।

Advertisement

यस्तै सदस्यहरुमा गोमादेवि न्यौपाने, देवकी अधिकारी, अप्सरा ढकाल, सिताराम भण्डारी, भत्तराज जोशी, रामचन्द्र ढुङ्गेल र प्रकाश गौतम चयन भएका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधिमा कमला प्याकुरेल, सावित्री रिजाल, मेनुका अधिकारी, बलराम गिरी, मुकुन्दराज अर्याल, मदुसुधन सापकोटा, रामकृष्ण भट्टराई र श्रीराम गजुरेल चयन भएका छन् ।

Advertisement

संघले केन्द्रिय प्रतिनिधिमा हरेराम गिरी, निलम उप्रेती, रुपा अर्याल पाण्डे, बाबुराम लामिछाने, अर्जुनप्रसाद लामिछाने, वासेदेव खनाल र चर्तुशन अधिकारी रहेका छन् ।

प्रतिक्रिया