विद्यालय कर्मचारी परिषद नुवाकोटको अध्यक्षमा पुन सडौला

विदुर खबर २०७९ जेठ २८ गते २१:४८

नुवाकोट । नेपाल विद्यालय कर्मचारी परिषद नुवाकोटको अध्यक्षमा पुन : झंकबहादुर सडौला (रामहरि) निर्वाचित भएका छन् ।

Advertisement

शनिवार नुवाकोटको विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुन सर्वसहमत रुपमा सडौलालाई निर्वाचित गरेको हो ।

यस्तै भेलाले उपाध्यक्ष धिरेन्द्र ठकुरी, सचिवमा हिमाल के.सी कोषाध्यक्ष निरु तामाङलाई सर्वसहमत रुपमा चयन गरेको छ ।

Advertisement

अधिवेशनले सदस्यहरुमा शिवराम के.सी, देवकी थापामगर, अर्जुन कुमार तामाङ, वीरसिं तामाङ, प्रवीण रिमाल, पार्वती तामाङ, अञ्जना बस्नेत, जगत बहादुर तामाङ
र राजन श्रेष्ठ चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष सडौलाले राज्यले गरेको विभेद र पेसागत हकहितको लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

Advertisement

प्रतिक्रिया