व्यवसायिक कर फिर्ता लिन उधोग वाणिज्य संघको विदुर नगरपालिकालाई आग्रह,व्यवसाय मैत्री वातावरण बनाउन आग्रह

नुवाकोट, नुवाकोट उद्योग वाणिज्य संघले विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट लगाईको व्यवसायिक कर तत्काल फिर्ता लिन विदुर नगरपालिकाका मेयर संञ्जु पण्डितसँग आग्रह गरेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की नेतृत्वको टोलिले आइतबार साँझ विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलाई भेटि नगरपालिकाले लगाएको व्यवसायिक कर फिर्ता गर्न मेयर पण्डितलाई आग्रह गरेका हुन । संघले व्यवसयिक कर वृद्धिले उद्योग व्यवसाय धरासायी बनाउने भन्दै ज्ञापन पत्र बुझाएको नुवकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।
ज्ञापनपत्र बुझ्दै नगरपालिकाका मेयर सञ्जु पण्डितले सबैसँग छलफल गरेर आफुहरुले पुनरावलोकन गर्ने र यो आर्थिक वर्षमा नसकिए आगामी वर्षमा घटाउने प्रतिवद्धता व्यत्त गरेको नुवाकोट उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र बुढाथोकिले विदुर खबरलाई बताए । यस अघि शनिबार मात्र नुवाकोट होटल तथा रेसुरेन्ट व्यवसायी संघले नुवाकोटका स्थानिय तहले बढाएको व्यवसायिक करले आफुहरुको ढाड सेकिएको भन्दै आन्दोलन गर्ने बताइसकेको छ । नुवाकोटको विशेष गरि विदुर नगरपालिकाले विविध विषयमा कर बढाएको भन्दै विदुर नगरपालिकाको आलोचना हुँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया