व्यवसायिक कर फिर्ता लिन उधोग वाणिज्य संघको विदुर नगरपालिकालाई आग्रह,व्यवसाय मैत्री वातावरण बनाउन आग्रह

विदुर खबर २०७५ भदौ १० गते १३:११

Advertisement

नुवाकोट, नुवाकोट उद्योग वाणिज्य संघले विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट लगाईको व्यवसायिक कर तत्काल फिर्ता लिन विदुर नगरपालिकाका मेयर संञ्जु पण्डितसँग आग्रह गरेको छ ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की नेतृत्वको टोलिले आइतबार साँझ विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलाई भेटि नगरपालिकाले लगाएको व्यवसायिक कर फिर्ता गर्न मेयर पण्डितलाई आग्रह गरेका हुन । संघले व्यवसयिक कर वृद्धिले उद्योग व्यवसाय धरासायी बनाउने भन्दै ज्ञापन पत्र बुझाएको नुवकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

Advertisement

ज्ञापनपत्र बुझ्दै नगरपालिकाका मेयर सञ्जु पण्डितले सबैसँग छलफल गरेर आफुहरुले पुनरावलोकन गर्ने र यो आर्थिक वर्षमा नसकिए आगामी वर्षमा घटाउने प्रतिवद्धता व्यत्त गरेको नुवाकोट उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र बुढाथोकिले विदुर खबरलाई बताए । यस अघि शनिबार मात्र नुवाकोट होटल तथा रेसुरेन्ट व्यवसायी संघले नुवाकोटका स्थानिय तहले बढाएको व्यवसायिक करले आफुहरुको ढाड सेकिएको भन्दै आन्दोलन गर्ने बताइसकेको छ । नुवाकोटको विशेष गरि विदुर नगरपालिकाले विविध विषयमा कर बढाएको भन्दै विदुर नगरपालिकाको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया