विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

नुवाकोट, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई शुक्रबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ ।
गत साउन ७ गते राति बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो । विश्कर्मालाई गत शुक्रबार बिहान काठमाडौंँमा पक्राउ गरी नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो संलग्नता नभएको जिकिर गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया