विदुरका पाँच सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

विदुर खबर २०७९ जेठ २३ गते २१:२३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ र वडा नम्बर १२ मा रहेका ५ समुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ ।

Advertisement

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद वहादुरसिंह लामाको विशेष पहलमा ग्रीड सोलार तथा ईनर्जी ईफिसियन्सी आयोजनाले आफ्नो सामाजिक उत्त्ररदायित्व अन्तर्गत विदुर ६ र १२ का ५ सामुदायिक विद्यालयहरुलाई कम्प्युटर र टेवल वितरण गरिएको छ ।

सोमवार एक कार्यक्रमको आयोजना गरि कम्प्युटर र टेवल विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विद्यालयका प्राध्यानध्यापकहरुलाई वितरण गरेका हुन् । विदुर ६ को मान्द्रेढुङ्गा आधारभुत बिधालय र सुन्दरादेवी आधारभुत बिधालयलाइ समान ६/ ६ थान कम्प्युटर र टेवल विदुर ६ का वडाध्यक्ष श्यामप्रसाद चालिसेलाई मेयर श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

Advertisement

यस्तै विदुर १२ का महेन्द्र माध्यामिक विद्यालय, तिनधारे पिपलडाडा माध्यामिक विद्यालय र सहिद भरत ढुङ्गाना आधारभुत विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ । महेन्द्र मावि र तिनधारे पिपलडाँडा माविलाई समान ५/ ५ ओटा कम्प्युटर वितरण गरिएको छ भने सहिद भरत ढुङ्गाना आधारभुत विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिएको नेविसंघका युवा नेता रामकृष्ण भट्टले विदुर खबरलाई जानकारी दिए ।

प्रतिक्रिया