शिक्षक संघ पञ्चकन्याको अध्यक्षमा श्रेष्ठ

विदुर खबर २०७९ जेठ २२ गते १२:३३

नुवाकोट । नेपाल शिक्षक संघ पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा अशोककुमार श्रेष्ठ चयन भएका छन् ।

Advertisement

नेपाली कांग्रेस निकट शिक्षकहरुको दोस्रो भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । भेलाले उपाध्यक्षमा धिरेन्द्र ठकुरीलाई चयन गरेको छ । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको भेलाले समितिका पदाधिकारीहरु निर्विरोध रुपमा निर्वाचित गरेका हो ।

समतिको महिला उपाध्यक्ष लक्ष्मी गिरी, सचिवमा सुनिता थापा, अर्थ सचिबमा रामकुमार कार्की, प्रकाशचन्द्र कार्की, कविन्द्र राई, अन्जु पण्डित, बिमल थपलिया, सबिता अधिकारी, इश्वरी प्याकुरेल, दामोदर सिटौला, शुशिला न्यौपाने लगायत चयन भएका छन् ।

Advertisement

प्रतिक्रिया