विदुरको कार्यपालिका बैठक एमालेद्धारा बहिस्कार

विदुर खबर २०७९ जेठ २० गते २१:४९

नुवाकोट । विदुर नगरपालिकाको पहिलो कार्यपालिका बैठक नेकपा एमालेले बहिस्कार गरेको छ ।

Advertisement

विशेष अदालतमा रकम अनियमितता सम्बन्धी मुद्धा खेपिरहेका एक जना वडाध्यक्ष स्वत: निलम्बनमा परेको दाबी गर्दै एमालेका कार्यपालिका सदस्यहरुले विदुर नगरपालिकाको पहिलो कार्यपालिका बैठक बहिस्कार गरेका हुन् ।

एमालेका कार्यपालिका सदस्यहरुले बैठक  बहिस्कार गरेपछि कार्यपालिका बैठक पनि स्थगित भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट विदुर नगरपालिका-९ को वडाध्यक्षमा विजयी हरिराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Advertisement

विदुरमा बहुमत सदस्य रहेको नेकपा एमालेले सत्ता शक्तिको दुरुपयोग गरी भण्डारीलाई मुद्धालाई छाया पार्ने गरी सपथग्रहण गराउनुका साथै मतदान गर्न दिएको दाबी गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत २०७६ साल भदौ २० गते नुवाकोटको विदुरमा रहेको सुलक्षणा माद्यामिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडाध्यक्षमा विजयी भएका हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

Advertisement

सोही मुद्धा हाल विशेष अदालतमा चलिरहेको छ। भण्डारी विरुद्ध विशेष अदालतमा आर्थिक अनियमितता सम्वन्धी मुद्धा चलिरहेको रहस्य खुलेपछि उनी स्वत: निलम्बनमा परेका हुन्।

भण्डारी बैठकमा बसेपछि बहुमत सदस्यहरुले उनी बैठकबाट नहटेसम्म बैठक नचल्ने जनाउँदै बहिस्कार गरेको कार्यपालिका सदस्य दीपक कायस्थले जानकारी दिए।

प्रतिक्रिया