विदुरका सबै वडामा सुरक्षा गस्ती बढाउन मेयर श्रेष्ठको आग्रह

विदुर खबर २०७९ जेठ १७ गते १४:५०

नुवाकोट । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिकाको सबै वडामा गस्ती बढाउन जिल्लाका सबै सुरक्षा निकायहरुलाई आग्रह गरेका छन् ।

Advertisement

आज विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको हाम्रो सहकारी संस्था लिमिटेडको अवलोकन गर्दे मेयर श्रेष्ठले केही दिनयता विदुरको विभिन्न स्थानमा चोरीका घटनामा वृद्धि भएको भन्दै नगरका विभिन्न स्थानमा गस्ती बढाउन सुरक्षा निकायलाई आग्रह गरेका हुन् ।

मेयर श्रेष्ठले कुनैपनि ठाउँमा चोरीका घटना भएमा वा शंखास्पद व्यक्ति देखा परेमा समेत तुरुन्त प्रहरमिा खबर गर्न समेत आग्रह गरेका छन् ।

Advertisement

विदुर ७ चुप्चेमा रहेको हाम्रो सहकारी संस्था लिमिटेडमा यहि जेष्ठ १५ गते राती अपरिचित एक व्यक्तिले ताल्चा फुटाएर सिसिटिभीको मनिटर लगेको थियो ।

यसैविच विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको अवलोकन गरेका छन् ।

Advertisement

उनले वडा कार्यालयमा हुने सेवा प्रवाहको वारेमा कार्यालयका कर्मचारी र सेवाग्राहीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया