विदुर १२ का सबै विद्यार्थीहरुको आपतकालिन दुर्घटना विमा गर्ने खड्काको निर्णय

विदुर खबर २०७९ जेठ ११ गते २१:३२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्र रहेका सबै विद्यालयका विद्यार्थीहरुको आपतकालिन दुर्घटना विमा गर्ने बताएका छन् ।

Advertisement

बुधवारबाट वडा कार्यालयमा वडाध्यक्षको कार्यभार सम्हादै उनले वडा भित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आपतकालिन दुर्घटना विमा गर्ने निर्णय गरेका हुन् ।

लामो समयदेखि विदुर १२ चैनपुरको विरेन्द्र माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रुपमा उनले काम आएका छन् ।

Advertisement

उनले विदुर १२ मा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न लगातार रुपमा आर्थिक सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया