विदुर नगरपालिकाको कर पुनरावलोकन हुने

विदुर खबर २०७९ जेठ १० गते ११:२६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले लगाएको विभिन्न किसिमको कर पुनरावलोकन हुने भएको छ ।

Advertisement

सोमवार नवनिर्वाचित मेयर राजन श्रेष्ठले पदभार ग्रहण गर्दै करको दायरालाई वैज्ञानिक वनाउने निर्णय गरेका हुन् । उनले विपक्षीहरुको साथ र सल्लाहमा कार्य गर्ने वताएका छन् ।

मेयर श्रेष्ठले नपाको चालु आवको वजेट खर्च र राजश्वको अवस्था, विद्यमान संस्थागत प्रणालीलगायतका विषयलाई समेटी वस्तुस्थिति पत्र तयार गरी नगरपालिकाले लिइरहेको कर दस्तुरका विषयमा पुनरावलोकन गरि वैज्ञानिक वनाइने निर्णय गरेका छन् ।

प्रतिक्रिया