विदुर र बेलकोटका नगर प्रमुखद्वारा सपथग्रहण
नुवाकोटको दुई स्थानिय तहको नगर प्रमुखहरुले सपथग्रहण गरेका छन ।

मुख्य निर्वाचन अधिकृत तथा न्यायधिश उमेशप्रसाद लुइटेलले विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बेलकोटगढी नगरपालिकाका मेयर जगत तामाङलाई पद तथा गोपनीयताको सपथ खुुवाएका हुन् । बैशाख ३० गते सम्पन्न निर्वाचनमा विजयी भएका नगरप्रमुखहरुले संयुत्त रुपमा शपथ लिएका हुन् ।
विदुर नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रमा जगत तामाङ विजयी भएका थिए ।
यस्तै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उप–मेयर प्रभा बोगटी र नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यहरुलाई छुट्टाछुट्टै रुपमा सपथ ग्रहण गराएका छन् । सपथग्रहण लगत्तै संचारकर्मीसँग कुरा गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले आफु नगरवासीको समग्र विकास निर्माणको लागि प्रतिवद्ध रहेको बताए । उनले जनताको कामको लागि आफु सधै तयार रहेको बताए ।
सपथग्रहण कार्यक्रममा बोल्दै नुवाकोटका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले संविधानलाई मुल मन्त्र मानेर जनताको विकासमा जनप्रतिनिधि लाग्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जनताले महसुस गर्ने सरकार स्थानिय सरकार रहेकोले जनतालाई आशा विश्वास र भरोसा दिलाउन नवनिर्वाचित जनप्रतिनिधिहरु सक्षम हुने बताए । उनले संविधानले दिएको हक र अधिकारको अधिनमा रहेर स्थानिय सरकारले काम गर्नुपर्ने समेत उल्लेख गरे ।
यसैविच आजै विदुर नगरपालिकाको मेयरको सपथग्रहण गरेर कार्रभार समालेका विदुर नगरपालिकाका मेयर श्रेष्ठले नगरपालिकाले लगाएको कर पुनरावलोकन गर्ने बताएका छन । उनले करको विषयमा पुनरावलोकन गरि आगामी नगरसभामा पेश गर्ने निर्णय गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया