अबरुद्ध पासाङल्हामु राजमार्ग एकतर्फी सञ्चालनमा,पटकपटक सडक अबरुद्ध हुँदा यात्रु मर्कामा

प्रमिला सुनार, ककनी/अबिरल बर्षाका कारण सडक माथिबाट आएको पहिरोले अबरुद्ध भएको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको काठमाण्डौ ककनि सडकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
नुवाकोटको ककनी गाउपालिका वडा नम्बर ४ स्थित पैतिस किलोमा बर्षाका कारण पहिरो जाँदा करिब ९ घण्टा काठमाण्डौबाट नुवाकोट भित्रने र बाहिरने मुख्यमार्गमा सबारी आवतजावत ठप्प भएको थियो । आज बिहान ७ बजेर ४५ मिनेटको समयमा आएको पहिरो कोसी एण्ड नेपाल कन्ट्रक्सन सँग समन्वय गरी पन्छाउने काम तिब्र गतिमा भैरहेको र छिटै सडक पूर्ण रुपमा सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
लामो समयसम्म पनि सडक सञ्चालनमा नआउदा आफ्नो गन्तब्यमा हिडेका यात्रुहरु अलपत्रमा परेका थिए । पासाङल्हामु राजमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले बर्खा लागेसँगै ठाउँठाउँमा साना–ठूला पहिरो गएर पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया