विदुर १२ को वडाध्यक्षमा गठबनधनका उपिन्द्र खड्का विजयी
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा गठबनधन दलका साझा उम्मेद्धवार माओवादी केन्द्रका उपिन्द्र खड्का विजयी भएका छन् ।

आज सम्पन्न भएको मतगणना अनुसार उनले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका सिताराम रिमाललाई ५ सय ८५ मतले पराजित गर्दे वडाध्यक्षमा निर्वाचित भएका हुन् । खड्कासँगै विदुर १२ मा गठबन्धनको पुरै प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा निर्वाचित भएका खड्काले १४ सय २२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी एमालेका रिमालले ८ सय ३७ मत प्राप्त गरेका छन् ।

यस्तै दतिल महिला सदस्यमा माओवादी केन्द्रका सिता मिजार र महिला सदस्यमा कांग्रेसकी निर्मला नेपाल विजयी भएका छन् । मिजारले ११ सय १७ मत प्राप्त गर्दा नेपालले ११ सय १५ मत प्राप्त गरेकी छिन् ।

खुल्ला सदस्यमा कांग्रेसका झंकनाथ भट्ट र माओवादी केन्द्रका रामचन्द्र पौडेल (सागर) विजयी भएका छन् । भट्टले १२ सय ४० मत प्राप्त गर्दा १०९८ मत प्राप्त गरेका छन् ।

विदुर १२ बाट मेयरमा गठबन्धनका साझा उम्मेद्धवार राजन श्रेष्ठलाई सर्वाधिक १५ सय ८ र उपमेयरकी उम्मेद्धवार प्रभा बोगटीलाई सर्वाधिक १४ सय ८ मत गएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया