विदुर ११ गेर्खुमा एमालेको प्यानल नै विजयी
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा एमालेको प्यानल नै विजयी भएको छ ।

आज विहान सम्पन्न भएको मतगणनामा गठबन्धन दलका साझा उम्मेद्धवारहरुलाई पराििजत गर्दै एमालेका वावुराम तामाङको प्यानल नै विजयी भएको हो ।
वडाध्यक्षमा विजयी भएका तामाङले ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका चन्द्रवहादुर प्याकुरेलले ७ सय ४२ मत प्राप्त गरेका छन् । लामा प्याकुरेलविचको मतान्तर २ सय १४ मत रहेको छ ।
यस्तै दलित महिला सदस्यमा एमालेकी कमला मिजार, महिला सदस्यमा बिन्दा तिम्सिना विजयी भएका छन् ।
मिजारले ९ सय ३३ र तिम्सिनाले ९ सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यमा रेवती प्रसाद चालिसे र नमराज तामाङ विजयी भएका छन् । चालिसेले ८ सय ८४ र तामाङले ९ सय ४ मत प्राप्त गरे ।
विदुर ११ गेर्खुमा २६८५ मतदाता रहेकोमा १८ सय ३९ मत खसेको थियो ।
यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा पनि नेकपा एमालेका तोयानाथ तिम्सिनाको प्यानल नै विजयी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन
नुवाकोटको विदुरबाट दुई जना लागु औषधसहित पक्राउ





प्रतिक्रिया