विदुर ११ गेर्खुमा एमालेको प्यानल नै विजयी
 
		
	नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा एमालेको प्यानल नै विजयी भएको छ ।

आज विहान सम्पन्न भएको मतगणनामा गठबन्धन दलका साझा उम्मेद्धवारहरुलाई पराििजत गर्दै एमालेका वावुराम तामाङको प्यानल नै विजयी भएको हो ।
वडाध्यक्षमा विजयी भएका तामाङले ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका चन्द्रवहादुर प्याकुरेलले ७ सय ४२ मत प्राप्त गरेका छन् । लामा प्याकुरेलविचको मतान्तर २ सय १४ मत रहेको छ ।
यस्तै दलित महिला सदस्यमा एमालेकी कमला मिजार, महिला सदस्यमा बिन्दा तिम्सिना विजयी भएका छन् ।
मिजारले ९ सय ३३ र तिम्सिनाले ९ सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यमा रेवती प्रसाद चालिसे र नमराज तामाङ विजयी भएका छन् । चालिसेले ८ सय ८४ र तामाङले ९ सय ४ मत प्राप्त गरे ।
विदुर ११ गेर्खुमा २६८५ मतदाता रहेकोमा १८ सय ३९ मत खसेको थियो ।
यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा पनि नेकपा एमालेका तोयानाथ तिम्सिनाको प्यानल नै विजयी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत





प्रतिक्रिया