विदुर ५ मा गठबन्धनको प्यानल नै विजयी

विदुर खबर २०७९ जेठ ४ गते ७:३९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

Advertisement

जारी मतगणनामा एमालेका उम्मेद्धवारभन्दा दोब्बर मत ल्याएका गठबन्धन दलका उम्मेद्धवारको प्यानल नै विजयी भएको हो । गठबन्धनका तर्फबाट वडाध्यक्षमा लिनानाथ न्यौपानेलेले १४ सय ५८ मत ल्याउँदा एमालेका शिव चित्रकारले ८ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा गठबन्धन दलका साझा उम्मेद्धवार भारी मतले विजयी भएका छन् ।

Advertisement

विदुर ५ बाट मेयरमा राजन श्रेष्ठलाई १६ सय ५८ र एमालेका सञ्जु पण्डितलाई ६ सय ५५ मत गएको छ ।

यस्तै उपमेयरमा गठबन्धनका प्रभा बोगटीलाई १४ सय मत जाँदा एमालेकी अम्बिका नेपालले ७ सय ३६ मत प्राप्त गरेकी छिन् ।

Advertisement

अहिले विदुर ५ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया