विदुरमा अग्रता फराकिलो बनाउँदै गठबन्धनका श्रेष्ठ
विदुर खबर
२०७९ जेठ १ गते २०:२५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उम्मेद्धवार राजन श्रेष्ठले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

४ हजार ९ सय २ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका कांग्रेसका राजन श्रेष्ठले २४ सय २८ र एमालेका उम्मेद्धवार सञ्जु पण्डितले १८ सय ५२ मत प्राप्त गरेका छन् । श्रेष्ठ र पण्डितविचको मतान्तर ५ सय ७६ पुगेको ।
यस्तै उपमेयरमा एमालेकी अम्बिका नेपाल र गठबन्धनको तर्फबाट उम्मेद्धवार रहेकी माओवादी केन्द्रकी प्रभा बोगटीबिच कडा टक्कर भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १६ सय ७४ र बोगटीले १६ सय ७३ मत प्राप्त गरेका छन् । उनीहरुबिचको मतान्तर एक मत मात्र रहेको छ ।
हाल विदुर नगरपालिका वडा नम्ब २, ३ र ४ को मतगणना भइरहेको छ भने वडा नम्बर १ को मत गणना सम्पन्न भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया