नुवाकोटको १८ वटा वडाको मतगणना सम्पन्न, कांग्रेस अगाडी

विदुर खबर २०७९ जेठ १ गते ११:५७

नुवाकोट । स्थानिय तहमा नयाँ नेतृत्व चयनको लागि नुवाकोटको विभिन्न स्थानिय तहमा मतगणना जारी छ ।

Advertisement

यसैक्रममा जिल्लाको ८८ ओटा वडामध्ये १८ ओटा वडाले नयाँ नेतृत्व पाइसकेको छ । मतगणना सकिएको वडाहरुमध्ये नेकपा एमालेले ५ वटा, नेपाली कांग्रेसले ७ वटा र नेकपा माओवादी केन्द्रले ६ वटा वडामा विजयी हासिल गरेको छ ।

नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका–२ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका– १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका– २ मा प्रेमबहादुर थापा मगर र विदुर नगरपालिका–१ मा लेलिन रञ्जित विजयी भएका छन ।

Advertisement

यस्तै नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिका– १ मा जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ मा महानन्द ढकाल, किस्पाङ गाउँपालिका– १ मा पशुपती घले, तारकेश्वर गाउँपालिका– ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरी पाण्डे र सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी विजयी भएका छन ।

यस्तै नेकपा माओवादी केन्द्रबाट तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ मा राजकुमार तामाङ रञ्जित, दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ, २ मा बिरबल तामाङ र ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी विजयी भएका छन ।

Advertisement

अन्य वडाहरुमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया