विदुर १ को वडाध्यक्षमा एमालेका रन्जित विजयी

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका लेनिन रन्जित भारी मतले विजयी भएका छन् ।

केहीवेर अघि सम्पन्न भएको मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शंकर पाण्डेलाई पराजित गरि रन्जित दोस्रो कार्यकालको लागि विदुर नगरापालिका वडा नमबर १ को वडाध्यमा निर्वाचित भएका हुन् ।
वडाध्यक्षमा विजयी भएका रन्जितले ६ सय ९४ मत प्राप्त गर्दा कांग्रेसका पाण्डेले ४ सय ८५ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका प्रकाश जोशीले ३ सय मत प्राप्त गरेका छन् ।
महिला वडा सदस्यमा कांग्रेसी भगजती राजभण्डारीले ५ सय ५७ मत ल्याएर विजयी भएकी छिन् । त्यस्तै दलित महिला सदस्यमा एमालेकी विष्णुमाया सु्नार विजयी भएकी छिन् । उनले ४ सय ८२ मत प्राप्त गरेकी छिन् ।
यस्तै खुल्ला सदस्यमा कांग्रेसका निजेस श्रेष्ठ र एमालेका राम गोपाल श्रेष्ठ विजयी भएका छन् । खुल्ला वडा सदस्यमा निर्वाचित भएका दुबैले समान ५०३ मत प्राप्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया