लिखु वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका पाण्डे विजयी
विदुर खबर
२०७९ वैशाख ३१ गते २०:४९

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नरहरि पाण्डे विजयी भएका छन् ।

पाण्डेले ९ सय २१ मत ल्याएर विजयी भएका हुन् । उनको विजयको औपचारिक घोषणा हुन अझै बाँकी छ ।
उनीसँगै महिला सदस्यमै काग्रेसकै चम्फा राजभण्डारी, दलित महिला सदस्यमा उर्मिला सुनार विक र खुल्ला सदस्यमा माधव प्रसाद लामिछाने विजयी भएका छन् ।
पाण्डे २०७४ सालको स्थानिय निर्वाचनमा समेत कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया