विदुरमा राजन श्रेष्ठले अग्रता फराकिलो बनाउँदै

विदुर खबर २०७९ वैशाख ३१ गते १६:२६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको मतगणना जारी रहँदा गठबन्धनको तर्फबाट मेयरको उम्मेद्धवार रहेका राजन श्रेष्ठले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ को गरि १२ सय मत गणना हुँदा श्रेष्ठले ५ सय ९३ मत प्राप्त गरेका छन् । यस्तै एमालेका उम्मेद्धवार सञ्जु पण्डितले ४ सय ४७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी अम्बिका नेपालले ३ सय ९६ मत प्राप्त गर्दा गठबन्धनकी प्रभा बोगटीले ३ सय ६२ मत प्राप्त गरेकी छिन् । त्यस्तै राप्रपाका कुलवहादुर खड्कीले १५२ मत प्राप्त गरेका छन् ।

Advertisement

वडातर्फ विदुर १ मा एमालेका लेनिन रन्जितले लिड गरेका छन् । उनले २ सय ५९ मत प्रापत गरेकन छन् । उनलाई कांग्रेसका शंकर पाण्डेले १८७ मत ल्याएर पछाइरहेका छन् ।

यस्तै वडा नम्बर २ मा नि एमालेकी उम्मेद्धवारले अग्रता लिएका छन् । एमालेका उम्मेद्धवार दिपक कायस्थले २ सय ५६ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका उम्मेद्धवार सुरज श्रेष्ठले १९५ मत ल्याएर पछिपछि लखेटिरहेका छन् ।

Advertisement

प्रतिक्रिया