तारकेश्वर ६ को वडाध्यक्षमा एमालेका रिमाल विजयी

विदुर खबर २०७९ वैशाख ३१ गते १५:५७

नुवाकाेट तारकेश्वर गाउँपालिका वडा नं. ६ मा एमालेले विजयकाे झण्डा गाडेकाे छ ।

Advertisement

वडाध्यक्षमा नेकपा एमाले विजयी भएकाे छ । एमालेबाट उम्मेदवार बनेका नारायण रिमाल ४ सय ८० मत ल्याएर बिजयी भएका छन् ।

वडाध्यक्षमा नारायण रिमालले नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यसी नवराज रिमालले ३ सय ९८ मतले पराजित गरेका हुन । वडाध्यक्षमा माओवादी केन्द्रका बच्चुराम रिमालले २ सय ६१ ल्याएका छन् । जम्मा १२ सय ३३ मत खसेकाे थियाे ।

Advertisement

त्यसैगरी वडा सदस्यमा एमालेका २ जना र कांग्रेसबाट १ जना विजयी भएका छन् । तारकेश्वर ६ मा यसअघि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र तामाङ विजयी भएका थिए ।

नेकपा एमाले तारकेश्वरका सहईन्चार्ज समेेत रहेका रिमाल यसअघि २०७४ काे स्थानिय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

Advertisement

प्रतिक्रिया