विदुरमा गठबन्धनका राजन दाईको अग्रता

विदुर खबर २०७९ वैशाख ३१ गते ७:५२

विदुर नगरपालिकाको मतगणना जारी रहँदा गठबन्धनका उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् ।

Advertisement

५ सय मत गण्ना हुँदा गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका श्रेष्ठले १८७ र एमालेका उम्मेद्धवार सञ्जु पण्डितले १५९ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाकी शुशिला खड्काले १६ मत प्राप्त गरेकी छिन् ।

यस्तै उप–मेयरमा एमालेकी अम्बिका नेपालले १४३ मत प्राप्त गर्दा गठबनधन दलको तर्फबाट माओवादी केन्द्रकी प्रभा बोगटी १०७ मत प्रापत गरेकी छिन् । यस्तै राप्रपाका कुल वहादुर खड्कीले ६५ मत प्राप्त गरेका छन् ।

Advertisement

यसैबिच नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर १ का कांग्रेसका जिमा वहादुर तामाङ विजयी भएका छन् । आज विहान भएको मतगणना अनुसार आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अनिल कुमार घलेलाई १५ मतले पराजित गरि तामाङ विजयी भएका हुन् ।

विजयी भएका तामाङले ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी घलेले ७९ मत प्राप्त गरेको म्यागङ गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिए ।

Advertisement

यस्तै वडा नम्बर १ बाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसले लिड गरेको छ । कांग्रेसका आशा तामाङले ९३ मत प्राप्त गर्दा एमालेका उम्मेद्धवारले ३७ र माओवादी केन्द्रका उम्मेद्धवारले २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत पण्डितले जानकारी दिए ।

प्रतिक्रिया