नुवाकोटमा गठबन्धन र एमालेवीच नै चुनावी प्रतिष्पर्धा हुने

नुवाकोट । आगामी वैशाश ३० गते हुने स्थानिय निर्वाचनमा नुवाकोटमा गठबन्धन दल र नेकपा एमालेवीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।

नुवाकोटका राजनीतिक दलहरु निर्वाचनलाई प्रतिष्ठाको सवाल बनाउँदै मतदाता केन्द्रित कार्यक्रममा जुटिरहेका छन् । नयाँ संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको निर्वाचनमा नुवाकोटमा दुई समुहबीच नै प्रतिष्पर्धा हुने निश्चित छ ।
केही स्थानिय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपा लगायतका दलहरु भोट माग्दै घरदैलोमा व्यस्त छन् ।
नुवाकोटको दुई नगरपालिका विदुर र बेलकोटसहित तारकेश्वर गाउँपालिकामा सत्तारुढ दलले गठबन्धन गरेका छन् । अन्य स्थानिय तहमा भने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी र एकिकृत समाजवादीले गठबन्धन गरेका छन् ।
मतदातालाई आफ्नो पक्षमा पार्न सबै राजनितिक दलहरुले दैनिक घरदैलो कार्यक्रम गरिरहेका छन् ।
प्रतिक्रिया