गेर्खुमा गठबन्धन दलको शक्ति प्रर्दशन

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा गठबन्धन दलले आज शक्ति प्रर्दशन गरेको छ ।

गठबन्धन दलको तर्फबाट मेयरका उम्मेद्धवार रहेका राजन श्रेष्ठ र उप–मेयरका उम्मेद्धवारका प्रभा बोगटी सहित वडाध्यक्षका प्रत्यासी चन्द्रवहादुर प्याकुरेल लगायतको टोलीलाई स्थानिय मतदाताले भव्य स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट मेयरका उम्मेद्धवार राजन श्रेष्ठले विदुर नगरपालिकामा आफुहरुको जित भइसकेको बताए । उनले सम्रग विदुर नगरपालिकाको विकासको लागि आफुहरु तयार रहेको भन्दै गठबन्धन दलका उम्मेद्धवारहरुलाई भारी मतले विजयी गराउन आम मतदातालाई आग्रह गरे ।
उनले विदुर नगरपालिकामा विकासको लहर ल्याउन गठबन्धन दलका उम्मेद्धवारहरुलाई विजयी गराउनुपर्ने पर्ने बताए । उनले नगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउन आफुहरु लाग्नुपर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै गठबन्धनको तर्फबाट उप–मेयरका उम्मेद्धवार प्रभा बोगटीले विदुर नगरपालिकाको ऐतिहासिक सांस्कृतिक, पुरातात्विक धरोहरलाई संरक्षण गर्न, आन्तरिक पर्यटनको माध्यमबाट शिक्षा, स्वास्थ्य, शिक्षा र रोजगारको माध्यमबाट नगरवासीलाई प्रभावकारी बनाउन आफुहरुलाई विजयी गराउन आग्रह गरिन ।

उनले नगरवासीको आर्थिक अवस्थालाई सुर्धान र नगरमा रहेको मातृभाषा लाई संरक्षण गर्दे त्यसको संर्वद्धनमा आफुहरुको ध्यान रहेको बताइन् ।
कार्यक्रममा विदुर ११ का वडाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद प्याकुरेलले समग्र गेखुृमा शिक्षा स्वास्थ्य र विकास निर्माणका लागि आफ्ुनो उम्मेद्धवारी रहेको बताए । उनले विदुर ११ गेर्खु मा हालसम्म पनि उच्च शिक्षाको लागि कुनै कलेज स्थापना नभएको भन्दै अबको ५ वर्षभित्र आफुले वडामै उच्च शिक्षा अध्ययनको लागि पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न शुभेच्छुक संस्था तथा मतदाताहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया