भुकम्पको गएको सात वर्ष बितिसक्दा समेत नुवाकोट दरवार पुन निर्माण हुन सकेन

विदुर खबर २०७९ वैशाख २१ गते २१:११

सन्तोषी अर्याल नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ माहामण्डलमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल साततले दरवारको अझै पुननिर्माण हुन सकेको छैन ।

Advertisement

भुकम्प गएको ७ वर्ष बितिसक्दा पनि दरवारको पुन निर्माण हुन नसक्दा दरवार आसपासका स्थानियहरु निराश बनेका छन् । उक्त क्षेत्रमा रहेको दरबार र मठमन्दिर चीन सरकारले पुनर्निर्माण गर्ने भनेपनि अझै पुनर्निर्माण हुन नसकेको हो ।

चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको दरबार ७ वर्ष बितिुक्दा समेत पुनर्निर्माण हुन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् । पुरातात्त्विक सम्पदाको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको नुवाकोट अहिले सुनसान भएपछि पुरातात्त्विक सम्पदा नबन्ने हो कि भन्ने चिन्ताले सताएको स्थानीयशरुले बताएका ।

Advertisement

नुवाकोट दरबार तथा मठमन्दिर पुनर्निर्माण नभए नुवाकोटको अस्तित्व मेटिने विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्र कुमार शाहीले बताए । भूकम्पले ढलेका पुराना घरहरू नयाँ बने पनि दरबार र मठमन्दिर पुनर्निर्माण नहुँदा स्थानीयहरु निराश भएको उनले बताए । उनले भुकम्प गएको तिनवर्षपछि दरवार पुन निर्माण गर्ने भनेपनि कोरोना भाइरसको कारण दरवार पुननिर्माण हुन नसकेको बताए । उनले चाइना सरकारले दरवार रेट्रोफिटिङको माध्यमबाट दरवार नयाँ स्वरुपमा बन्ने बताए ।

पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरूमा साततले दरबार लगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजुभवानी मन्दिर छन । २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पले ती सम्पदाहरूमा क्षति पुगेको थियो । अहिले ती सम्पदालाई फलामले टेको लगाएर राखिएको छ ।

Advertisement

यस्तै स्मारक संरक्षक तथा दरवार हेरचार कार्यालयका प्रमुख अर्जुन फुयालले भुइचालो र त्यसपछि कोरोना भाइरसको महामारीले दरवार पुन निर्माण हुन नसकेको बताएका छन् । उनले चिनमा कोरोनाको चौथो लहर शुरु भएकोले फेरि पुननिर्माण हुन नसकेको बताए । उनले दरवार पुननिर्माण हुनेमा भने कुनै शंका नरहेका बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको बसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि नुवाकोटका सम्पदाको पुनर्निर्माण थालिने जनाएको थियो । तर‚ पुनर्निर्माण प्राधिकरणको अवधि सकिएर पनि नुवाकोटका पुरातात्तिवक सम्पदाले जुनी फेर्न नसकेपछि नुवाकोटका स्थानियहरु निराश बनेको स्थानिय कुवेरलाल श्रेष्ठले बताए । उनले स्थानिय राजनितिक दल र जनप्रतिनिधिहरुले पहल नगर्दा समस्या भएको बताए । दरवार पुननिर्माण हुन नसक्दा जिल्लाको आर्थिक व्यवसायका साथै जिल्लाको पर्यटन व्यवसाय छायाँमा परेको बताए ।

यस्तै नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले भुकम्पको लगत्तै चाइना सरकारले दरबार मन्दिर पुन निर्माण गर्न आएपनि कोरोनका कारण घर फर्किएको बताए । उनले चाइनाको दोभासे नुवाकोटमै रहीरहेको र चाइनीज प्रतिनिधिले होटल बुकिङ गरिसकेको बताए ।

उनले नुवाकोट दरवार पुन निर्माण कुनैपनि हालतमा हुने भन्ने जानकारी आफुलाई पुरातत्व विभाग र चाइनिज प्रतिनिधिले जानकारी गराएको बताए । पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट टाकुरोमाथि विजय गरिसकेपछि सेनाद्घारा १८१६ सालमा निर्मित दरवार समयमै मर्मत नहुंदा भग्नमावशेष हुने खतरा बढेको छ । गीर्वाणयुद्ध विक्रम शाहको पालमा २५ वर्षसम्म सोही दरवारवाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो । आकर्षक तथा भीमकाय संरचना रहेको साततले दरवारलाई चारैतर्फबाट काठ र फलामको डण्डीले टेको लगाएर अड्याइएको छ ।

भूकम्पपछि दरवारको पूर्वी मोहडा रहेको दरबार अगाडि र उत्तरीभाग भूकम्पले भित्ताको इँटाको गाह्रो चर्किएको थियो ।
नुवाकोट दरवारलाई १० वर्ष अगाडि सरकारले राष्ट्रिय संग्रहालयको रुपमा घोषणा गरी सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । साततले दरबार गल्र्यामगुर्लुम्म नढलेपनि लामो समय टोकेको भरमा राखेमा त्यही हालत हुने भन्दै सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

२०७२ साल बैशाख १२ र २९ गतेको भईचालोमा परि नुवाकोटमा ११ सय भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । चिँनिया प्राविधिकले स्थलगत सर्भे गरेपनि अझै दरबार पुननिर्माण हुन सकेको छैन । जीर्ण र जेखिमयुक्त रहेका कारण पर्यटकहरु टाढैवाट दरवार हेरेर फर्कने गरेका छन् ।

प्रतिक्रिया