विप्लव माओवादीका प्रवत्ता प्रकाण्ड बीच बाटोबाटै नुवाकोट ल्याइय,आजै अदालतमा पेश गराइने

नुवाकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई नुवाकोट ल्याइएको छ । प्रहरीले सर्वोच्च अदालत परिसरबाट भोजपुर लैजाने भन्दै पक्राउ गरेको प्रकाण्डलाई बिहिबार साँझ नुवाकोट ल्याइएको प्रहरी उच्च स्रोतले विदुरखबरलाई बताएको छ ।
भोजपुर चलान भएका प्रकाण्डलाई बीच बाटोबाटै फर्काइएको हो । प्रहरी स्रोतका अनुसार काभ्रे र भक्तपुरको सिमाको साँगाबाट उनलाई फर्काइएर नुवाकोट ल्याइएको हो । नुवाकोटमा एनसेलको टावरमा आगजनी गरेको बारे प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएकोले उनलाई नुवाकोट ल्याइएको स्रोतले जनाएको छ । उनलाई आजै नुवाकोट जिल्ला अदालत पेश गर्ने बताइएको छ ।
सर्वोच्च अदालतको आदेशले प्रकाण्ड बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका थिए। प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो । चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।
प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया