केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

विदुर खबर २०७९ वैशाख १९ गते १४:२४

नुवाकोट । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

Advertisement

स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् ।

Advertisement

यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । आयोगले यही विषयमा स्थापितलाई स्पष्टीकरण सोधेको हो ।

Advertisement

आयोगका अनुसार उक्त अभिव्यक्ति ‘तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन ?’ भन्ने प्रश्नको स्पष्टीकरण दिन भनेर स्थापितलाई पत्र पठाइएको छ ।

प्रतिक्रिया