साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
विदुर खबर
२०७९ वैशाख १४ गते १९:०१

नुवाकोट । सरकारले अब साताको २ दिन सार्वजनिक बिदा दिने भएको छ ।
शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो ।
जेठ १ देखि लागू हुनेगरी शनिबार र आइतबार बाहेकका दिनमा भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णयसमेत भएको छ ।

सम्बन्धित
प्रतिक्रिया