तालमेलले खोस्यो महिलाको अधिकार
नुवाकोट । स्थानीय तह निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुँदा महिलाको अधिकार खोसिएको छ ।

तालमेलले स्थानीय सरकारको कार्यकारी भूमिकामा महिलाको प्रतिनिधित्व विगत्भन्दा पनि कमजोर हुने देखिएको हो । स्थानीय तह निर्वाचन ऐनको दफा १७ (४)मा राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
तर, दुईमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिँदा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था छैन । दलहरूले तालमेल गर्दा कानुनको त्यही व्यवस्थालाई छिद्र बनाएर कार्यकारी पदमा पुरुषलाई मात्रै उम्मेदवार बनाएका छन् । ठाउँ–ठाउँमा दलहरूले चुनावी तालमेल गर्दा महिलाले उम्मेदवार बन्ने अवसर गुमाएका छन् । उम्मेदवार नै नभएपछि महिला निर्वाचित हुने सम्भावना स्वतः कम भएको छ ।
संविधानले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी र सम्मानजनक प्रतिनिधित्व गराउनुपर्ने भनेको छ । तर, राजनीतिक दलहरूले नै संविधानको त्यस्तो व्यवस्थाको पूर्ण कार्यान्वयनमा जोड दिएका छैनन् । संविधान र कानुनले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला हुने व्यवस्था गरेर महिलाको समान प्रतिनिधित्व, नेतृत्व विकास र शशक्तिकरणमा जोड दिएको छ ।
त्यही व्यवस्थाका कारण पहिलो पटक २०७४ को स्थानीय चुनावमार्फत् स्थानीय तहका कार्यकारी पदमा महिलाको उल्लेख्य प्रतिनिधित्व भएको थियो । त्यसबेला प्रमुख पदमा २ प्रतिशत र उपप्रमुख पदमा ९३ प्रतिशत महिला निर्वाचित भएका थिए । तर, यसपटक त्यो संख्या घट्ने देखिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी दलहरूले कानुनीरुपमा अनिवार्य बनाइएका बाहेकमा पदमा महिलालाई उम्मेदवार बनाउनै नचाहेको बताइन् । ‘संविधान र कानुन एकातिर छन्, तर हाम्रो समाज अझैपनि पितृसत्तात्मक सोचबाट परिचालित छ,’ उनी भन्छिन्, ‘दलहरूभित्र त्यो सोच झन् धेरै हाबी छ ।
कानुनले अनिवार्य नगरे महिलालाई अवसर पाउन मुस्किल छ ।’ महिला नेतृहरूले दलहरुबीच तालमेल हुँदा पनि प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउन दबाब दिएका थिए । तर, शीर्ष नेताहरूले त्यसको सुनुवाई नै गरेनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया