विदुर ७ मा एमालेबाट वडाध्यक्षमा अधिकारीले चुनाव लड्ने

विदुर खबर २०७९ वैशाख १० गते ८:४३

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा विदुर नगरपालिका वडा नम्बर ७ मा एमालेबाट वडाध्यक्षमा रामहरि अधिकरीको नाम सर्वसहमत रुपमा सिफारिस गरिएको छ ।

Advertisement

विदुर ७ मा मात्र नभएर विदुर नगरपालिकामै एमालेको खम्बाको रुपमा रहेका अधिकारीको नेतृत्वमा एमालेको सबै टिम घोषणा गरिएको हो ।

व्यवसायसँगसँगै राजनितिमा होमिएका अधिकारी हक्की स्वभावका मान्छे हुन् । उनी प्रष्ट विचार राख्ने भएकोले उनीप्रति पुवा जमातको आर्कषण छ ।

Advertisement

यस्तै वडा सदस्यमा घमनसिं तामाङ, अईमान लामा, कल्पना बस्नेत र सीता बि.कको नाम सिफारिस गरिएको छ ।

विदुर नगरपालिकामा झण्डै पाँच वर्ष नगर प्रमुखको सल्लाहकारको रुपमा काम गरेको अधिकारीसँग अनुभव समेत रहेको छ ।

Advertisement

नगरपालिकामा रहेर कुशल नेतृत्व गरिसकेका उनले वडाध्यक्षमा आफु विजयी हुनेमा ढुक्क रहेको बताए । उनले आफु वडाध्यक्षमा विजयी भएमा विकास निर्माणका साथसाथै शिक्षा र स्वास्थ्य क्षेत्रमा वडालाई वलियो बनाउने बताएका छन् ।

वि. स २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा पनि वडाध्यक्षको प्रत्यासी रहेका अधिकारी कांग्रेसका उम्मेद्धवार महेन्द्र तामाङसँग झिनो मतले पराजित भएका थिए ।

प्रतिक्रिया