राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक

विदुर खबर २०७९ वैशाख ७ गते १९:३९

नुवाकोट । राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

Advertisement

पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ ।

Advertisement

यसैगरी, सुत्केरीलाई तीन महिननासम्म मासिक तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले प्रतिबद्धतापत्रमा उल्लेख छ । हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ । छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने पनि उल्लेख छ । सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

Advertisement

परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिने, स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्नेलगायतका विषयमा राप्रपाले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया