मृत्तकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि सडक सुचारु

नुवाकोट, नुवाकोटको लिखु गाउँपालिका वडा नं १ को ढिकुरेमा करेन्ट लाग्दा बिहिबार विहान एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
लिखु गाउपालिका वडा नं १ ढिकुरे स्थित ३३ हजार के.बि. प्रशारण लाईनको पोल कोल्टिँदा तार झोलिएको र करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । करेन्ट लागेर मृत्यु हुनेमा लखु गाउँपालिका वडा नं १ की तुलसा अधिकारी रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो । घाइते हुनेमा बेलकोटगढि नगरपालिकाकी १७ वािर्षय सदिक्षा पौडेल, लिखु गाउँपालिका वडा नं १ का लालप्रशाद लामिछाने रहेका छन । घाइतेहरुको नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाण्डौको ग्रान्डी अस्पताल लगिएको छ ।

यसैबिच घटनाको दोषीलाई कारवाही र पिडितलाई क्षतिपुर्ति दिनुपर्ने माग गर्दै लिखु गाउँपालिकाका वासीहरुले नुवाकोटको सदरमुकाम विदुर, ढिकुरे बट्टार, पिपलटार लगाउत स्थान बाटो अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा गोसाईकुण्ड मेला भर्न आएका पर्यटकहरु मर्कामा परेका थिए । यातायात बन्द गरेको सडक सहमतिपछि सुचारु भएको छ । लिखुबासीले प्राधिकरणको लापरवाहीले सिमा नागेको भन्दै तत्काल कारवाहीको र पिडित परिवार र दाइतेलाई क्षतिपुर्तिको माग गर्दै प्रर्दशन गरेका थिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाको संयोजनमा पिडित र लिखु गाउँपालिकाका प्रतिनिधिको रोहबरमा भएको वार्ताले पिष्तिलाई क्षतिपुर्तिबापत ५ लाख रुपैयाँ र घाइतेको उपचारको व्यवस्था मिलाईने सहमति भएसँगै अवरुद्ध सडक संचालनमा आएको छ । सहमतिमा दुर्घटनामा ज्यान गुमाएकी अधिकारीको दुइक्षर्् वर्षिय छोरीलाई सबैको सहयोगमा राहात कोष स्थापना गर्ने सहमति समेत भएको छ । त्यस्तै स्थानियबासीले लापरवाही गरेर काम नगर्ने प्राधिकरणका कर्मचारीलाई बर्खास्तीको माग समेत पुरा भएपछि आन्दोलन फिर्ता भएको लिखु् गाउँपालिकाका प्रमुख धव्र श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट महोत्सव आजदेखि शुरु हुँदै
तारुकाले सुरु गरेको सांस्कृतिक स्वच्छताको अभ्यास
सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो





प्रतिक्रिया