म गठबन्धनलाई धोका दिन्न : प्रधानमन्त्री देउवा
नुवाकोट । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूलाई धोका दिन नमिल्ने बताएका छन् ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले कांग्रेस जिम्मेवार पार्टीको रुपमा परिचित रहेको भन्दै पार्टी र गठबन्धनको निर्णयअनुसार सहयात्री दलहरूलाई धोका दिन नमिल्ने बताएका हुन् ।
‘मैले त ओलीले संसद् विघटन गर्दा नै चुनावमा जाऔँ भनेकै हुँ । त्यो बेला सबैले गठबन्धन भनेर मलाई त्यस्ता लगेको हो । म पार्टीको निर्णयअनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको हुँ,’ बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने, ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’
प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्ने बताएका थिए ।
सहमहामन्त्री राठोरले बैठकमा नेताहरूले फरक–फरक धारणा राखेपनि स्थानीय अवस्था र आवश्यकतामा आधारित गठबन्धन गरेर अघि बढ्नुपर्ने निष्कर्ष रहेको बताए ।
‘नेताहरूले स्थानीय अवस्थाअनुसार कुरा राख्नुभयो । तर, गठबन्धन नगर्ने भन्ने कुरा छैन । महानगरपालिका र उपमहानगरपालिकामा समेत गठबन्धन गरेर जानुपर्छ भन्ने नै हो,’ उनले भने, ‘तर गठबन्धन गर्दा स्थानीय साथीहरूको भावनालाई बुझेर नै अघि बढ्नुपर्छ ।’
सहमहामन्त्री राठोर देशभर गठबन्धनको तयारी भइरहेको र त्यहीअनुसार केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने बताए ।
‘भरतपुरको मेयर अहिले माओवादी केन्द्रको छ । गठबन्धन भएपछि आफूले जितेर काम गरेको ठाउँमा माओवादीले पुनः दाबी गर्ने कुरा स्वभाविक हो,’ राठोरले भने, ‘तालमेल गरेर जाँदा भरतपुर फेरि पनि माओवादी केन्द्रको प्राथमिकतामा पर्न सक्छ । हामीले दिनुपर्ने अवस्था हुनसक्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया