विदुरको मेयरमा एमालेबाट पण्डित र गजुरेलको दाबेदारी बलियो
नुवाकोट । विदुर नगरपालिकाको मेयर पदको उम्मेदवारका लागि नेकपा एमालेभित्र दश जनाले आकांक्षा राखेका छन ।

सहमति जुट्न नसकेपछि विदुर नगर कमिटीलाई कसको नाम सिफारिस गर्ने भन्ने सकस परेको छ । एमालेभित्र विदुरमा कसलाई निर्वाचनमा टिकट दिने भनेर रस्साकस्सी शुरु भएको छ ।
एमाले इतरका दलहरुले गठबन्धन गरेर अघि बढ्ने भएपछि एमाले चारदलिय गठबन्धनसँग जुध्न सक्ने लडाकुको खोजमिा छ । अहिले एमाले मतदाताको मन जित्न सक्ने र निर्वाचनमा खर्च धान्ने व्यक्तिको खोजीमा छ । यि दुबै गुण भएका व्यक्तिमा अहिलेका मेयर सञ्जु पण्डित र पुर्व मेयर ठाकुर गजुरेल पर्छन ।
एमालेबाट अहिले मेयरमा सबैभन्दा उपयुत्त दाबेदारमा २०७४ को चुनावबाट मेयर बनेका सञ्जु पण्डित २०४९ र २०५४ का मेयर ठाकुर गजुरेल हुन् । आसन्न स्थानिय निर्वाचनमा विदुरको मेयरमा पुन दाहोरीन सञ्जु पण्डित लागिरहेका छन् भने उनलाई सबैभन्दा बढी चुनौती ठाकुर गजुरेलले दिइरहेका छन् ।
निर्वाचन नजिकिएसँगै पण्डितले सक्रियता देखाइरहेका छन् । नगरपालिकाले संचालन गरेका योजनाहरुमा पुग्नेदेखि नयाँनयाँ योजनाहरुसमेत बाँडेर मतदाताको मन जित्न लागेका पण्डितले नै अबको निर्वाचनमा एमालेलाई जित दिलाउन सक्षम छन भन्नेहरु एमाले वृतमा देखिन थालेका छन् ।
२०७४ सालमा भएको निर्वाचनमा एमाले वाहेक अन्य दलका मतदाताको समेत मत लिन सफल भएको श्रेय पण्डितलाई जाने गरेको छ ।
युस्तै दुई पटक मेयर भइसकेका गजुरेल मेयरको अर्काे प्रवल संभावना भएका दाबेदार हुन् ।
२०७४ सालमा नै मेयरको लागि तिव्र लबिङ गरेका गजुरेलले टिक पाउन सकेका थिएनन् । २०५९ सालमा मेयर पद सकिएपछि अन्य विभिन्न पार्टीमा लागेर पछि फेरि एमाले फर्किएका भन्नेहरु बलियो हुँदा गजुरेलले टिकट पाउन नसकेका हुन् । पछिल्लो समय एमालेमा सक्रिय रहेका गजुरेल निर्वाचन नजिकिएसँगै नेता तथा कार्यकर्ता भेटघाट र कार्यक्रमहरुमा सक्रिय हुन थालेका छन् ।
विदुरको मेयरमा यि दुई वाहेक अर्काे प्रमुख दावेदारको रुपमा अनुजकुमार श्रेष्ठलाई पनि लिइएको छ । पछिल्लो वर्षहरुमा एमालेमा निकै सक्रिय रहेका श्रेष्ठ युवाहरुमाझ बढी लोकप्रिय छन् ।
समाजसेवासँगै राजनितिमिा लागेका श्रेष्ठ सबैसँग छिटो घुलमिल हुन सक्ने व्यक्ति हुन् । पार्टीको कार्यकर्ता संरक्षणको लागि समेत अभियान चलाउन सक्षम भनेर उनलाई पार्टीपङ्त्तिबाटै मेयरको सिफारिसमा परेका उनी अनेरास्ववियुको २०५३ सालको जिल्ला अध्यक्ष हुन् । उनी हाल नेकपा एमाले विदुर नगर कमिटिका सचिव रहेका छन् ।
यसबाहेक नगरपालिकाको मेयरमा बुद्धि प्रधान, गिता दाहाल, शिव चित्रकार लगायको नाममा चर्चा चलिरहेको छ । तर नाम मात्रैको चर्चाले यसपटक एमालेलाई जित दिलाउन नसक्ने प्रष्ट छ । कारण जिल्लामा गठबन्धन हुने भएपछि एमालेलाई विदुर नगरपालिकामा चुनाव जित्नु फलामा चिउरा चपाउनु सरह हुनेछ ।
दुइ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा २०७४ सालको निर्वाचनमा ३ स्थानिय तहमा प्रमुख जित्न सफल एमालेलाई गठबन्धनकै कारण सो पद जोगाउन समेत गाह्रो छ । यस्तो बेला एमालेलाई स्थानिय तहमा जित्न सक्ने उम्मेद्धवार छनौट गर्ने चुनौती रहेको छ ।
२०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा एमालेका सञ्जु पण्डितले नेपाली कांग्रेसका धुव्र अधिकारीको भन्दा ९ सय ७६ मत बढी ल्याएर मेयरमा विजयी भएका थिए ।
तेस्रो भएको नेकपा माओवादीका लीलानाथ न्यौपानेले ४ हजार ७ सय ३६ मत ल्याएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया