करेन्ट लागेर नुवाकोटको ढिकुरेमा ३ जना घाइते

विदुर खबर २०७५ भदौ ७ गते २:४९

Advertisement

नुवाकोट, नुवाकोटको लिखु गाउँपालिका वडा नं १ को ढिकुरेमा करेन्ट लाग्दा ३ जना घाइते भएका छन ।

लिखु गाउपालिका वडा नं १ ढिकुरे स्थित ३३ हजार के.बि. प्रशारण लाईनको पोल कोल्टिँदा तार झोलिन झोलिएको र करेन्ट लागेको जिल्ला प्रहरी कबार्यलय नुवाकोटले जनाएको छ । करेन्ट लागेर घाइते हुनेमा बेलकोटगढि नगरपालिकाकी १७ वािषर््ाय सदिक्षा पौडेल, लिखु गाउँपालिका वडा नं १ का लालप्रशाद लामिछाने र लिखुकै तुलसा अधिकारी रहेको नुपाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो । पौडेल र अधिकारी भने सिकिस्त घाइते भएका छन भने लामिछाने सामान्य घाइते भएका छन । घाइतेहरुको नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया