जिल्ला अस्पताल त्रिशूलीमा कर्मचारी अभाव, दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामी सेवा पाउनबाट वञ्चित

विदुर खबर २०७५ भदौ ७ गते २:०९

Advertisement

नुवाकोट , नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएकोे छ ।
५० श्ययाको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन् । आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य सेवाका कर्मचारीको सो अस्पतालमा दरबन्दी रहेको छ । अहिले साताँै तहका स्टाफ नर्स देवकी खतिवडालाई कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको बताइएको छ । सांसद नारायण खतिवडा अस्पतालको दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले सेवा पाउनबाट वञ्चित हुनु परिरहेको बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो विशेषज्ञ चिकित्सक पठाउन सदनमार्फत स्वास्थ्यमन्त्री, सचिव र विभागका महानिर्देशकसँग पटकपटक ध्यानाकर्षण गराइसकेको छु ।” सांसद बहादुरसिंह लामाले चिकित्सक नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार हनन भएको छ भन्नुभयो ।

Advertisement

प्रतिक्रिया