कांग्रेसको युवा प्रचार नेटवर्कमा नुवाकोटका चारजना मनोनित
विदुर खबर
२०७८ चैत २६ गते १९:५८

नुवाकोट । नेपाली कांग्रेसले स्थानीय चुनावका लागि गठन गरेको कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिको सदस्यमा नुवाकोटका ४ जना युवा पनि समेटिएका छन् ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा गठन गरिएको केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा नुवाकोटबाट दिपक लामा, हरिशरण खतिवडा, उपेन्द्र मिश्र र राजकुमार भट्ट मनोनीत भएका छन्।
वैशाखमा हुने स्थानीय चुनावका लागि केन्द्रीय प्रचारप्रसार समितिको चैत २२ को निर्णयअनुसार समिति संयोजकसमेत रहेका प्रवक्ता प्रकाशशरण महतले प्रचार नेटवर्क उपसमितिको गठन गरेका थिए ।
गठन गरिएको उप–समितिमा अधिकांश नेविसंघका नेताहरू रहेका छन् । समिति एक सय ९६ सदस्यीय रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया