धादिङमा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुने
नुवाकोट । धादिङमा रहेका सत्तारूढ गठबन्धनका दलहरूले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् ।
शुक्रबार गल्छीमा बसेको जिल्लास्थित गठबन्धनका दलहरूको संयुक्त बैठकले जिल्लामा रहेका १३ वटा स्थानीय तह, १ सय ४ वडा र जिल्ला समन्वय समितिमा पनि चुनावी तालमेल गर्दै निर्वाचन सफल बनाउने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता राजु नेपालले जानकारी दिए ।
स्थानीयत तहमा चुनावी तालमेलका लागि १३ वटै स्थानीय तहमा नेपाली कांग्रेसको पालिका सभापतिको अध्यक्षतामा संयुक्त संयन्त्र निर्माण गर्ने निर्णय भएको नेता नेपालले जानकारी दिए । बैठकले गठबन्धनको मर्म र भावना अनुरूप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।
तालमेलमा भागबण्डाका लागि दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट २/२ जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने सहमति पनि दलहरूबीच बनेको छ ।
बैठकले गठबन्धन दलहरूबीच हार्दिकता कायम गर्न एकअर्काविरुद्ध आक्षेप नलगाउने र गठबन्धन दलबीच नेता कार्यकर्तालाई पार्टीमा प्रवेश नगराउने निर्णय गरेको छ ।
बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू सहभागी थिए । गठबन्धनको कार्यदलको सचिवाल जिल्ला सदरमुकाम धादिङबेसीमा राख्ने सहमति भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया