विदुर १२ को वडा कार्यालय सधै एकबजे बन्द

विदुर खबर २०७८ चैत २५ गते २२:१४

नुवाकोट । गाउँगाउँमा सिंहदरवार भन्ने युक्ति नुवाकोटका केही पालिकामा लागु भए पनि विदुर नगरपालिका वडा नम्बर १२ मा भने अर्झै लागु हुन सकेको छैन ।

Advertisement

कारण आईतवारदेखि विहिबारसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म र शुक्रवार विहान १० दिउँसो दिउँसो ३ बजेसम्म खुल्ला हुनुपर्ने कार्यालय सधैँ एक बजे बन्द हुने गरेको छ ।

वडामा विभिन्न किसिमको सिफारिस तथा घटना दर्ताको लागि दिउँसो एक पुगेक अर्काे दिनपनि धाउन सेवाग्राही बाध्य भएको वडाबासीले दुखेसो पोखेका छन् ।

Advertisement

शुक्रवार चैनपुर र भट्टगाउँका दुईजना सेवाग्राही वडामा सिफारिस लिन १ ः ३० बजे पुग्दा वडा कार्यालयमा ताला लगाएको देखेपछि भट्टगाउँका सेवाग्रही भोलि आउने भन्दै फर्किएका थिए ।

उनै सेवाग्राहीले विदुर खबरलाई गुनासो गरेपछि विदुर खबरका सम्पादक शालिकराम चालिसे वडा कार्यालय दिउँसो १ बजेर ३९ मिनेटमा वडा कार्यालय पुगेका थिए । वडा कार्यालय पुग्दा वडा कार्यालयमा ताला लगाउनुको साथै कार्यालय छिर्ने कम्पाउण्डको मुख्य गेटमा समेत ताला लगाइएको थियो ।

Advertisement

स्थानियलाई सोध्दा वडा कार्यालय एक बजे नै बन्द भएको सुचना पाएपछि वडा कार्यालयभन्दा करिव एकसय मिटर पर वडाध्यक्ष सिताराम अर्याल, कार्यालय सहयोगी वसन्त रिमाल भेटिए ।

वडा कार्यालय त बन्द रैछ नि अध्यक्ष ज्यु भन्दा उनले आज शुक्रवार काम विशेषले सचिव वाहिर जानुभएको छ तपाइको के काम छ होला ? भन्ने प्रश्न गरेका थिए ।

लगत्तै सचिवको नम्बर कार्यालय सहयोगी रिमालमार्फत लिएर फोन गर्दा सचिवले विदुरमा रहेको र आज काम नहुने भन्दै आईतवार आउन आग्रह गरे । त्यसपछि वडाध्यक्षले वडामा सेवाग्राही आएकोले तुरुन्त आउन भनेपछि वडा सचिव प्रकाश अधिकारी आइ पुगेका थिए ।

त्यसपछि पत्रकारको परिचय थाहा पाएपछि कार्यालय सहयोगी रिमालले हत्तपत्त कार्यालयको ताला खोल्दै फोटो नखिच्न आग्रह गरेका थिए । उनी फोटो. खिचेपछि निकै डराउँदै शौचालय गएकोले वडा कार्यालयमा ताला लगाएको बताउँदै थिए ।

फोटो खिचेको भन्दै मुखमुखै लाग्न थालेका कार्यालय सहयोगी रिमाललाई वडाध्यक्ष रिमालले किन कार्यालय ताला लगाएको भन्दै हप्काएका थिए ।

शुक्रवार दिउँसो १ बजेर ३९ मिनेटमा वडा कार्यालयमा लगाइएको ताला ।

वडा कार्यालय सधै बन्द हुने विषयमा जानकारी लिदा वडाध्यक्ष रिमालले सधैँ वडा एक बजे नै बन्द हुने गरेको कुरामा सत्यता नरहेको बताए । तर स्थानियवासीले भने वडा कार्यालय सधैँ दैनिक एक बजे नै कार्यालय बन्द हुने गरेको बताएका छन् ।

यस विषयमा नगरपालिकाका प्रमुख सञ्जु पण्डित र प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीलाई जानकारी गराउँदा आफुहरुलाई वडा कार्यालय दैनिक एक बजे बन्द हुने विषयमा जानकारी नभएको र सो विषयमा बुझ्नुपर्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया