विदुर नगरपालिका वडा नं १२ कब्जा गर्ने जसपाको तयारी

विदुर खबर २०७८ चैत २४ गते २१:०१

नुवाकोट । स्थानिय निर्वाचन आउन झण्डै एक महिना बाँकी रहँदा विदुर नगरपालिका वडा नम्बर १२ कब्जा गर्ने जनता समाजवादी पार्टीले तयारी गरेको छ ।

Advertisement

बिहिवार पार्टीको विदुर नगरपालिका वडा नम्बर १२ मा आयोजित वडा कमिटि गठन कार्यक्रममा जसपाका नेताहरुले विदुर नगरपालिका वडा नम्बर १२ कुनैपनि हालतमा कब्जा गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता डा. भिमलाल तामाङले विदुर नगरपालिका वडा नम्बर १२ मा पार्टीको वलियो पकड रहेको भन्दै कुनैपनि हालतमा सो वडा कब्जा गर्ने बताएका छन् । उनले सो वडामा आफ्ुहरुको मत निर्णायक रहेकोले निर्वाचनमा गठबन्धन हुँदा सो वडा आफुले पाउने बताए ।

Advertisement

कार्यक्रममा जसपाका संघीय परिषद सदस्य राजन बमले जिल्लामा चुनावी गठबन्धन हुने भएकोले सवै वडामा अन्य तीन दलसँग मिलेर निर्वाचनमा जानुपर्ने बताए ।

यसअघि भीम तामाङको संयोजकत्वमा ५१ सदस्य वडा कमिटी गठन गरिएको थियो । साथै वडाध्यक्षको लागि भीम तामाङले उम्मेद्धवारी घोषण समेत गरेका छन् ।

Advertisement

कार्यक्रममा ६० जना भन्दा बढी नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी जनता समाजवादी पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्लामा अध्यक्ष ईश्वर कुमार राउत, जिल्ला उपाध्यक्षद्धय अजित तामाङ,केशव पुडासैनी दलित मुक्ति मोर्चा बाग्मती प्रदेश सह–इञ्र्चाज दीपक विश्वकर्मा, आदिवासी जनजाति महासंघ बागमती प्रदेश सदस्य एवम जिल्ला अध्यक्ष भगवान रानामगर, जसपाका जिल्ला कोषाध्यक्ष मानसिंह तामाङ, सचिव शेरबहादुर विश्वकर्मा, महिला नेतृ पैकु माया तामाङ, लिलू माया तामाङ, विदुर नगरपालिकाका संयोजक राम सुर्खेती, वडा नम्बर १२ का वडा सभापति भीम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया