विदुर नगरपालिकाको मेयरमा मेरो दावी रहन्छ : श्रेष्ठ

विदुर खबर २०७८ चैत २२ गते २०:२४

२०४६ सालमा अनेरास्ववियुको सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका अनुजकुमार श्रेष्ठ, विद्यालको प्रारम्भिक कमिटी हुँदै २०४९ सालमा अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको कोषाध्यक्ष भएका थिए । २०५१ सालमा अनेरास्ववियु नुवाकोटको सचिव हुँदै २०५३ सालमा श्रेष्ठ अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको अध्यक्ष भएका थिए । २०५० सालमै तत्कालीन प्रजातन्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघको सदस्यता लिइ विदुर नगरकमिटिको कोषाध्यक्ष भएका श्रेष्ठ अनेरास्ववियुको बागमती अञ्चल कमिटीको सदस्य र केन्द्रीय कमिटीमा राष्ट्रिय परिषद् सदस्य भएका थिए ।

Advertisement

२०५६ सालमो एमालेको संगठीत सदस्यता श्रेष्ठले पार्टीका विभिन्न विभागहरुमा जिम्मेवारी बहन गरेका छन् । केही वर्ष शैक्षिक परामर्श व्यवसायमा लागेका श्रेष्ठ र हाल नेकपा एमाले विदुर नगर कमिटीको सचिवको जिम्मेवारीमा छन् । पछिल्लो दशक नुवाकोटका हरेक खालका सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठसँग हामीले नजिकिँदै गरेको स्थानीय निर्वाचनको विषयमा ‘त्रिशूली खबर साप्ताहिक’ मा २०७८ चैत २० गते आइतबार प्रकाशित अन्तर्वार्ता साभार गरी यहाँ यहाँ प्रस्तुत गरेका छौँ ।

स्थानीय निर्वाचन आइसक्यो । विदुर नगरपालिकाभित्र चुनावी गतिविधीले कत्तिको तिब्रता पाएको छ ?
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले पूर्ण रुपमा चुनावमा केन्द्रित भएर योजनावद्ध ढंगले कार्यक्रमहरु तय गरि अगाडि बढिरहेको छ । केन्द्रीय तहदेखि पालिका तहसम्म हामीले चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेका छांै । अब हामी वडास्तरीय प्रशिक्षण कार्यक्रममा जुटेका छौं । दशांै महाधिवेशनपछि जिल्ला, पालिका र वडा अधिबेशनहरुपछि हामी टोल भेलाहरु सम्पन्न गरि “टोलटोलमा संगठन घरघरमा सदस्य” अभियान अन्तर्गत टोल कमिटीहरु गठन भएका छन् ।

Advertisement

हामी सामाजिक रुपान्तरण चाहन्छौं। जनताको आर्थिक उन्नति चाहन्छौ । उत्पादनमा जोड दिन्छौं, आर्थिक समुन्नतिका निम्ति काम गर्छाै, व्यापक रुपमा रोजगारी सृजना गर्छौं , विकास निर्माणमा जनतालाई जोड्छौ । सामाजिक सुरक्षाको कार्यक्रम अगाडि बढाउने छौ ।

विदुर नगर कमिटीले प्रत्येक वडामा सबै टोल कमिटीको संयुक्त सपथ ग्रहण तथा वडास्तरीय प्रशिक्षण कार्यक्रम अभियानको रुपमा संचालन गरिरहेको छ । अब हामी छिट्टै नयाँ वर्षको सन्दर्भमा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रमहरु संचालन गर्दैछौं । हाम्रो पार्टी संगठनको सबै तह र जनवर्गीय संगठनहरु निकट भविष्यमा हुने चुनावमा सूर्यध्वजाबाहक उमेदवारहरुलाई जिताउन एकजुट भएर लागिरहेका छन् ।

Advertisement

पार्टीभित्रको आन्तरिक कलहको कारण नगरकमिटिले पूर्णता पाउन चार महिना लाग्यो । यसको प्रभाव आगामी निर्वाचनमा पर्न सक्छ भनेर चिन्ता व्यक्त गर्नेहरु पनि भेटिन्छन् नि ?
एउटा जीवन्त पार्टीमा छलफल वादविवाद हुनुलाई कलह भन्नु त्यति ठीक कुरा होइन । राष्ट्रिय राजनीति र पार्टी भित्रको अन्तरसंघर्ष कहिलेकाही उत्कर्षमा पुगेको बेला भएका अधिवेशनहरुमा नेतृत्व छनौट हुन केहि ढिलाई हुनु त्यति धेरै ठूलो समस्या हो भन्ने लाग्दैन । यद्यपि हाम्रो विदुर नगर अधिवेशनको उद्घाटन सम्पन्न भएपछि पदाधिकारी छनौट कार्य ढिलो हुनु दुःखद कुरा हो । चार महिनासम्म निर्णय गर्न नसक्नु जिम्मेवार नेताहरुको कमजोरी हो ।

नगरको पदाधिकारी छनौट कार्य ढिलो हुँदा संगठन विस्तारमा केही समस्या उत्पन्न भएको छ । नियमित हुनुपर्ने कार्यक्रमहरु अवरोध हुदा अहिले चुनावको तयारीमा केही असर देखिएको छ । तर हामी तनमनले मेहनतका साथ सिङ्गो नगर कमिटी जुटिरहेका छौं । पार्टी संगठन विस्तारमा योजनावद्ध ढंगले लागिरहेका छौं । हाम्रो पार्टीभित्र बजारमा हल्ला भएजस्तो असहज अवस्था छैन । पार्टी पंक्तिलाई निश्चिन्त भएर चुनावमा केन्द्रित हुनु अनुरोध गर्दछु ।

विदुर नगरपालिकामा २०४९ सालदेखि एमालेले स्थानीय निर्वाचन जित्दै आएको छ । सत्तारुढ दलहरुले आगामी निर्वाचनमा पाँचदलिय गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । के अब हुने निर्वाचनमा एमालेले आफ्नो विरासत जोगाउन सक्ला ?
विदुर नगरपालिका २०४९ सालदेखि आजसम्म हाम्रो पार्टीले जितेको नगरपालिका हो । यो हाम्रो लागि ठूलो अवसर हो । यहाँको विकास निर्माण, सामाजिक आर्थिक रुपान्तरणमा हाम्रो पार्टीको अहम् भूमिका रहेको छ । र पछिल्लो समय केहि चुनौती पनि थपिएको छ । एकातिर सत्तारुढ गठबन्धन स्थानीय चुनावमा एक भएर आएको छ ।

हामी एक्लै चुनाव लडिरहेका छौं । अहिलेको जनता धेरै बुझ्ने भैसकेका छन् । अधिकांश जनता शिक्षित छन् । जनताले यो गठबन्धन केका लागि गरेका हुन् किन गरेका हुन् राम्रोसँग बुझेका छन् र त्यसको राम्रो मुल्यांकन गर्नेछन् । नेकपा एमालेको लोकप्रियतासंग डराएर, यसले अघि सारेका देश विकास योजनाहरु, समृद्धिका महाअभियानमा जनताले दिएको साथ र सहयोग देखेर विपक्षीहरु आत्तिएका छन् । समृद्ध नेपाल र सुखी नेपालीको नारा बोकेर हाम्रो पार्टी गाउँगाउँ, टोलटोलमा पुगेपछि हाम्रो गतिविधिबाट तिल्मिलाएका विपक्षी दलहरुले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेपछि हाम्रो पार्टी कति शक्तिशाली रहेछ भन्ने पुष्टि भएको छ ।

पाँच दल एकातिर हामी एकातिर । हामीसंग चुनाव लड्न गठबन्धन किन आवश्यक प¥यो । यो नेपाली जनताले राम्रोसँग बुझेको छ । जहाँसम्म विदुरको विरासत जोगाउने कुरा छ, यसमा हामीलाई रत्तिभर पनि शंका छैन । हामी हाम्रो विरासत जोगाउन सक्षम छौं । विदुरमा २०४९ साल, २०५४ साल र २०७४ सालमा भएको निर्वाचनमा हाम्रो पार्टीले शानदार जित हासिल गरेको छ । यो निरन्तर रहनेछ । हाम्रो पार्टीबाट विजयी जनप्रतिनिधिहरुले समग्र विदुरको लागि गरेका कामहरूको मुल्यांकन विदुरका जनताले गर्नेछन् भन्नेमा हामी विश्वस्त छौं ।

विरासत जोगाउँछु त भन्नुभयो । तर, एमालेभित्रको संस्थापन पक्ष र १० बुँदेवालाहरुबीचको हानथाप जताततै देखिन्छ नि ?
एमालेभित्र अहिले कुनै विवद छैन । हिजो प्रविधिक रुपमा नेकपा हँुदा र पछि अदालतको निर्णयले पार्टी पुरानै अवस्थामा फर्किने क्रममा केहि समस्या उत्पन्न भएको यथार्थ हो । नेकपा एमालेको सरकार ढाल्न आफ्नै पार्टीका नेताहरु लागेको, राष्ट्रिय सभाको चुनावमा विपक्षी दलका उमेदवारलाई जिताउन लागेको, आफ्नै पार्टीका नेताहरूलाई ढुङ्गा हानेको विषय अब इतिहास भयो ।

यसको हिसाब इतिहासले गर्नेछ । यो नमीठो घट्नालाई बिर्सिएर हामी धेरै अगाडि बढ्नुपर्छ । समृद्ध नेपाल बनाउन एकजुट हुनु आजको आवश्यकता हो । समयको माग अनुसार हामी अगाडि बढिरहेका छौं । जीवन्त पार्टीमा थोरै वादविवाद हुनु स्वभाविक हो त्यसमा पनि चुनावको मुखमा हानथाप देखिनुलाई अन्यथा मान्नु हुँदैन । यो हामीबीचको प्रतिस्पर्धा हो यसलाई सकारात्मक रुपले ग्रहण गर्नु उपयुक्त हुन्छ ।

एकदशकदेखि चर्चा चलेको तर काम हुँदै नभएको कार्यकर्ता संरक्षण कोष विदुर नगर कमिटीले स्थापना गर्ने निर्णय ग¥यो । कोषमा एक लाख रुपैयाँ योगदान गर्ने तपाईको घोषणाले निकै चर्चा पायो । कतै यो निर्वाचनको मुखमा कार्यकर्ताको आँखामा छारो हाल्ने काम त होइन ?
हाम्रो पार्टी नेकपा एमालेको पाचौं जिल्ला अधिबेशनले पारित गरेको महत्वपूर्ण विषय हो कार्यकर्ता संरक्षण कोष । यसको मुख्य उदेश्य पार्टी काममा सकृयतापूर्वक लागिरहेका कार्यकर्ताहरुलाई केही भवितव्य परेमा, कार्यकर्ताको घर परिवारमा अचानक केहि गम्भीर खालको समस्या उत्पन्न भएमा, प्राकृतिक प्रकोपमा परि मानवीय एवम् भौतिक क्षतिहरु भएमा पार्टीको तर्फबाट केहि आर्थिक सहयोग उपलब्ध गराउनु हो । यस सम्बन्धि कार्यविधि तयार भैरहेको छ ।

कोष सम्बन्धि कार्यविधि तयार भएपछि एउटा बेग्लै समिति बन्नेछ र त्यसले बैक खाता खोलेर कोषमा रकम जम्मा गर्न आह्वान गर्नेछ । पार्टीका विभित्र निकाय संग समन्वय गरि अगाडि बढ्नेछ । केहि ईमान्दार कार्यकर्ताहरुले पार्टी पंक्तिलाई दबाब सृजना गर्न सानो सानो अंकमा पार्टीको बंैक खातामा दशौं वर्षदेखि नियमित रकम दाखिला गरिरहेको अवस्थामा हामीले नुवाकोटको आम कार्यकर्ताहरुको भावनालाई सम्बोधन गर्ने उदेश्यले यो कोष स्थापना गर्न लागेका हौँ । चुनावका लागि अन्य धेरै सामाजिक रुपान्तरणसंग सम्बन्धित, विकास निर्माण, समृद्धिसंग सम्बन्धित एजेन्डाहरु तय भएका छन् ।

यो कार्यकर्ता संरक्षण कोष पार्टीको आन्तरिक विषय हो चुनावी विषय होईन । जहाँसम्म मैले व्यक्तिगत रुपमा एकलाख रकम प्रदान गर्ने घोषणा गरेको छु यसमा कुनै स्वार्थ छैन । यो कार्यकर्ता संरक्षण कोष हाम्रो लागि हो । यसले म लगायत सिङ्गो पार्टी पंक्तिलाई नै लाभ पु¥याउने भएकोले यसमा आआफ्नो गच्छे अनुसार रकम जम्मा गर्नु हामी सबैको दायित्व हो ।

पछिल्ला वर्षहरुमा तपाई एमाले राजनीतिमा निकै सक्रिय हुनु भएको देखिन्छ । यसको अर्थ अब हुने स्थानीय तह निर्वाचनमा विदुर नगरपालिकामा एमाले तर्फबाट मेयरको उम्मेदवार हुने तयारी हो ?
म २०४६ सालको जनआन्दोलनदेखि क्रियाशील छु । भलै हामी त्यसबेला सानै थियौं, स्कुलमा पढ्दै गर्दादेखि विद्यार्थी राजनीतिमा सक्रिय भएर पार्टीले अगाडि सारेको हरेक महत्वपूर्ण कार्यक्रमहरुमा सहभागी भएका छौं । २०४८ सालको आम निर्वाचनदेखि २०७४ सालमा भएको निर्वाचनसम्म पार्टीको उमेदवारलाई जिताउन सक्रियतापूर्वक खटिएका छौँ ।

हो बीचमा केही समय आफ्नो व्यापार व्यवसायमा लागें तर यसको मतलव पार्टीको सम्पर्क मै नरहेको भन्ने होईन । पार्टीका धेरै मोर्चाहरु हुन्छन् त्यस मध्ये व्यवसायीक मोर्चामा म सक्रिय थिएँ । भूगोलमा नहुनुलाई अन्यथा मान्नु हुँदैन । हो, पछिल्लो समय म अलि धेरै सक्रिय छु । पार्टी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । पछिल्लो समय विकास भएको आधुनिक प्रविधिसंग पार्टी संगठनलाई जोड्नुपर्छ भनेर लागिरहेको छु । संगठन बलियो भएमात्र पार्टी बलियो हुने हो । यसर्थ बलियो संगठन निर्माण गर्ने, पार्टीमा संगठित सदस्यहरुलाई प्रशिक्षित गराउने अभियानमा जुटिरहेको छु । यसलाई चुनावसंग जोडेर हेर्नु कति ठीक होला ? चुनाव एउटा सन्दर्भ हो ।

यसमा पार्टीको जो उमेदवार भएपनि जित्ने वातावरण तयार गर्नु हाम्रो दायित्व हो । हामी कम्युनिस्ट पार्टीका ईमानदार कार्यकर्ता हौ । पार्टीको निर्णय हाम्रोलागि महत्वपूर्ण हुन्छ । आफ्नो योग्यता, क्षमतासंगै समयको आवश्यकतालाई पनि हामीले ख्यालगर्नु पर्ने हुन्छ । समयले युवा जोस, युवा उत्साह खोजेको छ । समग्र विदुरको विकासको निम्ति केहि विशेष योजनाहरु बनाएर फरक ढंगले अगाडि बढ्नुपर्ने देखिएको छ ।

सामाजिक आर्थिक रुपान्तरणका निम्ति फरक ढंगले जनतासंग जोडिनुपर्ने हुन्छ । मानवीय सेवा, सामाजिक गतिविधि र विकास निर्माणमा कुनै पूर्वाग्रह नराखी सबैसंग हातेमालो गरि अगाडि बढ्न सकेमात्र सफलता प्राप्त हुने भएकोले त्यसको निम्ति आफू सक्षम रहेको ठान्दछु । यसर्थ विदुर नगरपालिकाको मेयरमा मेरो दावी स्वभाविक हो । यद्यपि म पार्टीको निर्णयलाई सर्वाेपरि मान्ने इमानदार कार्यकर्ता भएकोले पार्टीले दिएको जुनसुकै जिम्मेवारी पुरागर्न तयार छु । उमेदवार सम्बन्धि पार्टीको निर्णय मान्नेछु ।

त्यसो हो भने तपाईंको चुनावी एजेन्डा चै के के रहेको छ ? त्यसबारे बताई दिनुस न !
हाम्रो पार्टी जनताको प्यारो पार्टी गरीब श्रमजीवी किसान मजदुरहरुले विश्वास गरेको पार्टी हो । जेष्ठ नागरिकहरु, युवा विद्यार्थीहरु देखि विद्वान बुद्धिजीवीहरु समेतको प्यारो पार्टी । हामी सामाजिक रुपान्तरण चाहन्छौं। जनताको आर्थिक उन्नति चाहन्छौ । उत्पादनमा जोड दिन्छौं, आर्थिक समुन्नतिका निम्ति काम गर्छाै, व्यापक रुपमा रोजगारी सृजना गर्छौं , विकास निर्माणमा जनतालाई जोड्छौ । सामाजिक सुरक्षाको कार्यक्रम अगाडि बढाउने छौ ।

आयातलाई निरुत्साहित गर्नेछांै, निर्यातलाइ प्रवर्द्धन गर्नेछौं । पर्यटनको क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्नेछौ । जनताका आधारभूत आवश्यकताहरु पूरा गर्ने गरि कार्ययोजना बनाउनेछौ । हरेक नागरिकले यो स्थानीय सरकार हाम्रो हो भन्ने भावनाको विकास गर्नेछौं । समग्रमा समृद्ध विदुर निर्माण गर्न कुनै कसर छाड्ने छैनौं । हाम्रो पार्टीको मुख्य कार्यक्रम समाजवादको आधार तयार पार्ने उदेश्य अनुरुप सामाजिक सुरक्षा र जनताको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति काम गर्नेछौं ।

पुर्खाले सृजना गरेका हरेक बस्तुहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। हामीसंग भएका कला, संस्कृति, ऐतिहासिक धरोहरहरु, धार्मिक पर्वहरुको संरक्षणमा विशेष काम गर्नेछौं । बजारबाट शहरमा रुपान्तरण गर्न आवश्यक सबै पूर्वाधारहरु बनाउने छौ । विदुरलाई नमूना शहरको रुपमा विकास गर्नेछौं ।

साभार- त्रिशूलीखबर साप्ताहिक

प्रतिक्रिया