ककनी ६ को वडाध्यक्षमा एमालेबाट ४ जनाको दाबी

विदुर खबर २०७८ चैत १९ गते २२:४४

नुवाकोट । सरकारले स्थानिय तहको निर्वाचन आगामी वैशाख ३० गते घोषणा गरेसँगै गाउँगाउँमा चुनावी रौनक शुरु भएको छ ।

Advertisement

गाउँगाउँमा राजनीतिक दलका प्रतिनिधी पुगेपछि सुनसान बनेको गाउँमा अहिले चहलपहल बढ्न थालेको छ । लामो समयपछि गाउँमा चहलपहल बढेपछि मतदाता पनि खुशी हुन थालेका छन् ।

यसैक्रममा ककनी गाउँपालिका वडा नम्बर ६ मा एमालेबाटै वडाध्यक्षमा ४ जनाले दाबी गरिरहेका छन् । एमालेबाट वडाध्यक्षमा दाबी गर्नेहरुमा शक्तिमान तामाङ, दक्षदेव पाठक, भिमवहादुर तामाङ र विनोद लामा रहेका छन् ।

Advertisement

यस्ता छन् वडाध्यक्षमा एमालेको तर्फबाट दावेदारहरु

शक्तिमान तामाङ

Advertisement

नेकपा एमाले ककनी गाउँपालिकाको सचिवालय सदस्य रहेका शक्तिमान तामाङ वडाध्यक्षको सबैभन्दा बढी दाबेदार हुन् ।

समाजसेवासँगै राजनितिमा लागेका उनी गाउँमा सबैमाझ भिजेका युवा हुन् । गाउँगाउँमा पुगेर पार्टीको संगठन वलियो बनाउँदै सबैको मन जित्दै हिँडेका कारण पनि आफु वडाध्यक्षको दाबेदार रहेको उनले बताउँदै आएका छन् ।

वि.स. २०६४ सालदेखि एमालेमा सक्रिय रहेका तामाङलाई आम नेता तथा कार्यकर्ताले समेत रुचाएका छन् । जनताको सुखदुखको सारथी बनेका उनलाई सबैको साझा उम्मदेवारको रुपमा समेत हेरिएको छ ।

दक्षदेव पाठक

ककनी गाउँपालिका वडा नम्बर ६ मा एमालेबाट वडाध्यक्षका अर्का दावेदारको रुपमा दक्षदेव पाठकलाई हेरिएको छ । उनी पार्टीको तर्फबाट हाल वडाध्यक्षको रुपमा कार्यरत रहेका छन् ।

भिमवहादुर तामाङ

२०७४ सालको स्थानिय निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्षको प्रत्यासी बनेका भिमवहादुर तामाङलाई पनि वडाध्यक्षको प्रवल दावेदारको रुपमा हेरिएको छ । उनी विगत २० वर्षदेखि पार्टीमा सक्रिय भएर काम गरिसकेका छन् ।

विनोद लामा

गत स्थानिय निर्वाचनमा ३ सय ६१ मत ल्याएर वडा सदस्यमा निर्वाचित भएका विनोद लामा पनि वडाध्यक्षका अर्काे दावेदार हुन् । उनले आफु वडामा निर्वाचित भएको नाताले स्वत वडाध्यक्षको दावेदार भएकोले टिकट आफुले पाउनुपर्ने बताउँदै आएका छन् ।

ककनी गाउँपालिका वडा नम्बर ६ मा २ हजार मतदाता रहेका छन् । यस वडामा गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्धवारले जित हात पारेका थिए ।

प्रतिक्रिया