नुवाकोटमा कुनै हालतमा गठबन्धन हुन्छ : बाँनिया

विदुर खबर २०७८ चैत १९ गते १८:१०

नुवाकोट । नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानिँयाले आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा नुवाकोटका सबै स्थानिय तहमा आवश्यकताको आधारमा गठबन्धन हुने बताएका छन् ।

Advertisement

शनिवार नुवाकोटको विदुर नगरपालिका नेपाली कांग्रेस विदुर नगर कमिटिले आयोजना गरेको आमसभा कार्यक्रममा बोलदै बाँनियाले कुुनैपनि हालतमा निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनले लोकतन्त्रको रक्षा र संबिधानको सार्थक कार्यान्वयनका लागि सत्ता गठबन्धन आवद्ध दलहरुबिच सबै तहका निर्वाचनमा गठबन्धन गरिन लागेको स्पष्ट पारे ।

बाँनियाले पार्टी नीति विपरित गठबन्धनको बिरोध गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिए । अप्ठ्यारो समयमा केन्द्रदेखि प्रदेशसम्म गठबन्धन बनेको भन्दै उनले माओवादी केन्द्र र एकीकृत समाजबादीलाई बिच बाटोमै छाडेर काँग्रेसले हिँड्न नसक्ने बताए ।

Advertisement

पार्टी केन्द्रले आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपनि सबै तहमा काँग्रेसको मात्र नेतृत्व खोजिनु अब्यावहारिक हुन्छ बाँनियाले भने । उनले गठबन्धन दलहरुबिचको सम्पूर्ण सहमतिको बलमा मुलुकमा पुन ः काँग्रेसको नेतृत्व स्थापित गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा नुवाकोट काँग्रेसका सभापति रमेशकुमार महतले घरघर जाऔं, काँग्रेस जिताऔं अभियान प्रभावकारी भएको र अभियानका क्रममा प्राप्त सुझावहरु र पार्टी केन्द्रको निर्देशन अनुसार थप रणनीतिहरु बनाईने स्पष्ट पारे ।

Advertisement

कार्यक्रममा नुवाकोट काँग्रेसका सचिव श्रीराम श्रेष्ठ, पूर्ब सचिव सुरेन्द्रराज अधिकारी, बागमती प्रदेश सदस्य बिन्दा थापा, नगर सभापति हरिलाल श्रेष्ठ, उपसभापति भीमसेन अर्याल, काँग्रेस नेताहरु गीता अमात्य, हरिकृष्ण श्रेष्ठ, मोहनबहादुर खड्का, फैसिङ तामाङ, राजन श्रेष्ठ, मछिन्द्रनरसिंह प्याकुरेल, बद्री रिमाल, बिन्दा अर्याल, रामशरण थापा, महिला संघकी अञ्जली पाण्डे, नेबिसंघका शंकर पाण्डे लगायतले आगामी स्थानिय तहमा कांग्रेसको नेतृत्व वडादेखि क्षेत्रसम्म स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया