वालाजु–ककनी सडक निर्माण १० वर्षदेखि अलपत्र

विदुर खबर २०७८ चैत १५ गते २१:३८

नुवाकोट । नुवाकोटका जनप्रतिनिधि र नेताहरूले काठमाडौँदेखि ककनी हुँदै नुवाकोट जाने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

नुवाकोटका नेपाली कांग्रेसका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नुवाकोट जिल्लामा सञ्चालित योजनाहरूको अवस्था, पुर्वाधार निर्माण र अन्य योजनाहरूबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । 

भेटमा उनीहरूले काठमाडौंदेखि ककनी हुँदै नुवाकोट जाने सडक कालोपत्रेका लागि ठेक्का लागे पनि १० वर्षदेखि निर्माण सम्पन्न हुन नसकेको भन्दै त्यसले जिल्लावासीलाई सास्ती भएको गुनासो गरेका छ्न । उनीहरूले सडक निर्माण तत्काल पूरा गर्न ध्यानाकर्षण गराएका छन् । टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै जिल्लाको विकास निर्माणका क्षेत्रमा भएका समस्या र जल्दाबल्दा समस्याहरूबारे जानकारी र ध्यानाकर्षण गराएका छन् ।

Advertisement

ज्ञापन पत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ । स्थानीय बासिन्दाहरुले ‘फोहररहित मानव बस्ती, मानव बस्तीरहित फोहर मैला व्यवस्थापन’ गर्न माग गर्दै आएका छन् । टोलीले स्थानीयवासीको माग बमोजिम फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । त्यस्तै, उनीहरूले जिल्लाका दुर्गम गााउँपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले जिल्लाका समस्या र मागहरूबारे सम्बन्धित निकायलाई बोलाएर निर्देशन दिने बताएका छन् ।

Advertisement

टोलीमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, भूमि आयोगका जिल्ला अध्यक्ष अर्जुन न्यौपानेलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया