यसरी छानिँदैछ म्यादी प्रहरी
विदुर खबर
२०७८ चैत १५ गते २१:१९
नुवाकोट । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर धमाधम म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ ।

म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो । कीर्तिपुरको चोभारस्थित ल्याबोरेटरी सेकेन्डरी हाइस्कुलको मैदानमा मंगलबार म्यादी प्रहरीका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा लिइएको थियो ।

दर्जनौंको संख्यामा रहेका म्यादीमा दरखास्त दिएकाहरुलाई पुसअप, दौड, सेटअपलगायतका क्रियाकलापमा सहभागी गराइएको थियो । प्रहरी प्रधान कार्यालयलले चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीमा दरखास्त आह्वान गरेको थियो ।

त्यस अवधिमा झन्डै ३ लाखले आवेदन दिएका थिए । यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया