देशभर कांग्रेस केन्द्रीय सदस्य चुनावी तालमेलको पक्षमा

विदुर खबर २०७८ चैत १४ गते २०:५५

नुवाकोट । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् ।

Advertisement

कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले अन्य दलहरूसँग चुनावी तालमेल, गठबन्धन तथा सहकार्य गरेर अधि बढ्नुपर्ने धारणा राखेका हुन् । यसबारे कांग्रेसले भोलिको केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले अहिलेको गठबन्धन अनुसार नै तालमेल गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका हुन् ।

त्यसका लागि कहाँ कहाँ पार्टीको वस्तुस्थित कस्तो छ रु लगायतका विषयमा अध्ययन गरेर कस्तो खालको तालमेल गर्ने हो रु त्यो विषयमा केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने उनीहरूको धारणा थियो ।अधिकांश सदस्यले तालमेल, गठबन्धन, सहकार्य गरेर जानुपर्ने सुझाव आयो । त्यसमा कुन ठाउँमा पार्टीको कस्तो खाले वस्तुस्थिति छ रु त्यसका आधारमा कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने विषयमा केन्द्रले एउटा सैद्धान्तिक निर्णय गर्नुपर्छ । सोही आधारमा भोलि प्रस्ताव तयार भएर निर्णय हुन्छ, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

Advertisement

अहिलेको गठबन्धन अनुसार चुनावी तालमेल गरेर अघि बढेको खण्डमा आउने संसदीय निर्वाचनमा समेत पार्टीले जित्ने परिस्थिति निर्माण हुने उनीहरूको भनाइ थियो ।केही सदस्यहरूले भने एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्ने समेत सुझाव दिए । कतिपय साथीहरूको मत गठबन्धन नगरिकन, तालमेल नगरिकन, एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ भन्ने सुझाव आयो, प्रवक्ता डा.महतले भने ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेल लगायतका नेताहरू चुनावी तालमेलको पक्षमा उभिएका छन् । त्यस्तै सभापति शेरबहादुर देउवा पनि गठबन्धन गरेरै चुनावमा जानुपर्ने पक्षमा छन् । उनले २०७४ सालको निर्वाचनमा एक्लै लड्दा थोरै सिटमा जितेको स्मरण गराउँदै गठबन्धन गरेरै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । महामन्त्री शर्माले भने अवस्था हेरेर तालमेल गर्नुपर्ने बताए ।

Advertisement

त्यस्तै नेता पौडेलले पनि स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखे । गठबन्धन नगरी गएमा एमालेलाई फाइदा पुग्ने बताए । एमालेलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्न नहुने भन्दै उनले भने, ुबरु प्रचण्ड माधव नेपाललाई अलिअलि मत थप्ने कामका सहयोग गरौं । तर, ओलीलाई थप बलियो बनाउने काम नगरौं ।ु

बैठकमा अर्का महामन्त्री गगन थापाले भने तालमेल नगरी कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे । उनको धारणामा कांग्रेस नेता डा। शेखर कोइरालाले पनि साथ दिएका छन् । देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलो पटक नै रूखमा भोट हाल्न लगाउनुपर्ने बताए । अहिले रुखमा भोट हाल्न नलगाए भविश्यमा रुखमै भोट हाल्छन भन्ने ग्यारेन्टी नहुने उनको भनाइ थियो ।

त्यस्तै नेता डा. कोइरालाले पनि गठबन्धनभन्दा पनि पार्टी एकतामा ध्यान दिनुपर्नेमा जोड दिए । गठबन्धनको विषयमा केन्द्रबाट नभई स्थानीय तहबाटै स्वविवेकीय अधिकार प्रयोग गर्नु दिनुपर्ने उनको भनाई थियो । यो विषयमा भोलि बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया