नुवाकोटमा म्यादी प्रहरी बन्न साढे तीनहजारले आवेदन दिए
विदुर खबर
२०७८ चैत १३ गते १९:१०

नुवाकोट । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न नुवाकोटमा ३ हजार ५ सय ८१ जनाले आवेदन दिएका छन ।

जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएको भन्दा दोब्बर बढीले आवेदन दिएका हुन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो ।
जिल्लामा म्यादी प्रहरीको लागि १३ सय २७ जनाको कोटा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा म्यादी प्रहरी बन्नको लागि ८ सय २५ महिला र १३ सय २७ पुरुषले आवेदन दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया