स्थानीय तह निर्वाचनका लागि २ करोड प्रति मतपत्र छापिने
नुवाकोट । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ ।

यसपटकको स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ७७ लाख रहेकोमा सो संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्ने तयारी भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगले यसअघि मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको थियो ।
मतपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि भइसकेको पनि आयोगले जनाएको छ । सहप्रवक्ता अर्यालका अनुसार आयोगले चैत १६ गतेदेखि मतपत्र छाप्न शुरू गर्ने छ । मतपत्र छाप्न चाहिने कागज खरिदको टेन्डर आयोगले एक महिना अघि नै गरेको थियो ।
आयोगले मतपत्र छपाइका लागि करिब साढे ११ करोड रुपियाँ बराबरको कागज खरिद गर्ने सम्झौता गरेको थियो । आयोगका अनुसार ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड ४० लाख ६२ हजार २ सय रुपियाँमा कागज खरिद गर्ने सम्झौता गरेको थियो ।
आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरूको संगठनको चैत ६ गतेसम्म विवरण माग गरेकोमा सोको रुजु भइरहेको पनि प्रवक्ता अर्यालले बताउनुभयो । दलको संख्याको टुंगो लागिसकेको आधारमा मतपत्र छाप्नका लागि आयोगले प्रक्रिया अघि बढाएको हो । निर्वाचनका लागि आवश्यक अन्य ५७ प्रकारका सामग्री पनि चैतको तेस्रो साताबाट प्राप्त हुने आयोगले जनाएको छ । जिल्लामै उपलब्ध हुने १५ प्रकारका सामग्री भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नेछन् ।
त्यसै गरी निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । मतदाता नामावली, परिचयपत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ । यस्तै, मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरूको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता तयारी अवस्थामा राखेको आयोगले दुई सातापछि लागु गर्ने तयारी गरेको छ ।
यसैबीच, बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध आयोगमा रिट परेकोमा सो कार्यान्वयन नगर्न सर्वोच्च अदालतले १५ दिनका लागि अन्तरिम आदेश जारी गरेको छ । सोको टुंगो लागेसँगै आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउनेछ । स्थानीय निर्वाचन आचारसंहिता र उम्मेदवारले गर्ने खर्चमा यसपटक कडाइ गर्ने आयोगले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया