बेलकोटगढी ८ मा कांग्रेसको घरदैलो अभियान जारी
विदुर खबर
२०७८ चैत १० गते २१:३६

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको घर जाऊ, कांग्रेस जिताऊ अभियान जारी छ ।

अभियानको क्रममा कांग्रेसको नेता तथा कार्यकर्ताहरु मतदाताको घरघरमा पुगेर उनीहरुलाई कांग्रेसप्रति आर्कषित गरिरहेका छन् ।
घरघरमा पुगेर मतदाताको कुरा सुन्दा आफुहरुले बेलकोटगढीमा कांग्रेसको चारतारे झण्डा फहराउने नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेशसभा (क) का सचिव अच्युत रिजालले जानकारी दिए ।

गाउँगाउँमा कांग्रेसप्रति जनताको आर्कषण बढेकोले आफुहरु हौषिएको नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेशसभा क का सभापति बैकुण्ठ बहादुर पाण्डेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया