विदुर ११ गेर्खुमा एकीकृत समाजवादीको कार्यालय स्थापना

विदुर खबर २०७८ चैत १० गते २१:०४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा एकीकृत समाजवादीले वडा कमिटिको कार्यालय स्थापना गरेको छ ।

Advertisement

बुधवार पार्टीका सहसचिव उद्धव पनेरु, आर्थिक बिभाग प्रमुख रामकृष्ण राजभण्डारी लगायतले पार्टीको वडा कमिटिको कार्यालय स्थापना गरेका हुन् । वडा कार्यालय स्थापनासँगै आगामी वेशाख ३० गते हुने स्थानिय निर्वाचनको विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा पार्टिको निति, कार्यक्रम , आगामि निर्वाचनमा पार्टीको भावि रणनिति बिषयमा छलफल भएको एकीकृित समाजवादी नुवाकोटका आर्थिक बिभाग प्रमुख रामकृष्ण राजभण्डारी जानकारी दिए ।

Advertisement

कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरु प्रकाश नेपाल, सजन कुमार श्रेष्ठ, बलराम न्यौपाने र वडा कमिटिका अध्यक्ष बासुदेव नेपाल लगाएतको उपस्थित रहेको थियो ।

कार्यक्रममा वडाका स्थानिय नेताहरुले पार्टीको संगठन विस्तारको अभियानको वारेमा जिल्ला नेतृत्वलाई जानकारी गराएका थिए ।

Advertisement

प्रतिक्रिया